logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

नेपालमा पेट्रोलको मूल्य अहिलेसम्मकै धेरै !


  • राजनीति
  • बुधबार, माघ १९ २०७८

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँले बढाएको हो ।

नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १२५ पुगेको छ ।

त्यसैगरी निगमले आन्तरिक हवाई ईन्धनमा प्रति लिटर १० रुपैयाँले वृद्धि गरी प्रति लिटर ११६ पुगेको छ । तर एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

मुल्य वृद्धिले जनताले थोग्न नस्क्ने भन्दै आन्दोलन भैरहेको अवस्था पेट्रोलियम पदार्थमा फेरि मूल्य वृद्धि हुदा थप आन्दोलन हुने निश्चित भएको छ। पेट्रोलियम पदार्थ्मा भएको मूल्य वृद्धिले बजार झन महंगो हुने र हरेक बस्तुमा त्यसले प्रभाव पार्ने र भन्दै निरन्तर आलोचना भने भैरहेको छ।

यद्यपि मूल्य वृद्धि स्वभाबिक भन्दै आयल निगम ले भने अझै घाटामा गैरहेको तथ्यांक सार्वजनिक गरेको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार