राजनीति
पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन ।
जारी सँसद अधिवेशन,एमाले नेतृत्वको सरकारद्वारा टेबल गरी निर्णय प्रक्रियामा रहेको एमसिसी सम्झौता,आसन्न स्थानीय निकायको निर्वाचनलगायतका जल्दाबल्दा मुद्दाहरु बिचाराधीन अवस्थामा रहेको बेला प्रमुख प्रतिपक्षी नेताको राष्ट्रपतिसङ्ग अहिलेको भेट आफैमा अर्थपूर्ण मानिन्छ ।
सवा ६ बजे नेपाल प्रहरी र सशस्त्रको अगुवा पछुवासहित ओली सेतो जीपमा शीतल निवास प्रवेश गरेका थिए । उनी राती अबेर मात्रै बालकोट फर्के ।
सवा ६ बजे नेपाल प्रहरी र सशस्त्रको अगुवा पछुवासहित ओली सेतो जीपमा शीतल निवास प्रवेश गरेका थिए ।
अघिल्लो हप्ता स्थानीय चुनावको तिथि नसार्न रास्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बिना सम्वोधन र हस्ताक्षरको ७ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदा त्यसको एक ठाउँमा सबै दलवीच सरसल्लाहको सुझावसमेत समेटिएको थियो तर सत्तारुढ गठबन्धनले भने लगत्तै बसेको बैठकमा सोवारे छलफल हुँदा समसामयिक विविध बिषयमा कुरा गर्न डाकिएको सर्वदलीय बैठक बहिष्कार गरी एमालेले राष्ट्रपतिको उक्त सदिच्छालाई अवमूल्यन गरेको निश्कर्श निकालेको थियो ।