राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अध्यक्ष केपी ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता सकिएको छ । प्रधानमन्त्री देउवाको आमन्त्रणमा देउवा, ओली र दाहालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार करिब दुई घण्टा छलफल भएको हो ।
भेटमा स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र संसद् खुलाउने विषयमा छलफल भएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।
भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत सहभागी थिए । छलफलमा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई संसद्बाट एमसीसी अनुमोदन गर्नेलगायत अन्य विषयमा सरकारलाई सघाउन आग्रह गरेका छन् भने एमाले अध्यक्ष ओलीले पहिले सरकारको तर्फबाट स्पष्ट धारणा बनाउन आग्रह गरेका छन् ।
नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको बहिर्गमनलाई बटमलाइन बनाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले सभामुखको बहिर्गमनलाई मुख्य एजेण्डा बनाएको हो । सभामुखको भूमिकाका कारण प्रतिनिधिसभामा उपस्थित हुन भएको बैठकमा एमालेले बताएको थियो ।