logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बैसाख ३० गते स्थानीय तहकाे निर्वाचन !


  • राजनीति
  • सोमबार, माघ २४ २०७८

सरकारले अगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्न आयोगसँग थप परामर्श गरेको छ । मन्त्रिपरिषद्‍को सोमबार बस्ने बैठकमा निर्णय गर्नुअघि सरकारले आयोगका पदाधिकारीहरूसँग परामर्श गरेको हो ।

‘सरकारले वैशाख ३० गते निर्वाचन गर्न सकिन्छ भनेर आयोगका अधिकारीलाई सोधेको थियो,’ आयोगका एक पदाधिकारीले भने,’हामीले सक्छौं भनेर जवाफ दियौं । सायदी सरकार बाट यही निर्णय हुन्छ होला ।’

आयोगले यसअघि जेठ ४ गते स्थानीय निर्वाचन मिति प्रस्ताव गरेको थियो । सञ्चामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसअघि स्थानीय तहको पदावधि नसकिँदै निर्वाचन गर्ने बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार