राजनीति
एमसीसीको बिरोध गर्दै पाँच पार्टी र एक मोर्चाको आह्वानमा आज बुधबार नेपाल बन्दको आह्वान गरिएको छ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’,नेकपाका महासचिव विप्लव, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतीले मङ्गलबार अपराह्न संयुक्त विज्ञप्ति जारी गरी बन्दको घोषणा गरेकाहुन ।
पाच दल र एक मोर्चाले एमसिसीको बिरोध स्वरुप आज गरेको नेपाल बन्दलाइ मालेमाका लागि विश्व मञ्चले समेत ऎक्यवद्धता जनाएको छ । मञ्चले मंगलबार बेलुका एक बिज्ञपति जारी गर्दै केही पैसाका लागि मुलुकको स्वाधीन र स्वतन्त्रता वेच्न खोज्नेहरुका विरुद्ध कडा संघर्षमा उत्रनु पर्नेमा जोड दिएको छ ।
पाच दल र एक मोर्चाद्धारा जारी बिज्ञाप्तिमा नेपाली जनताको एमसीसी कम्प्याक्टविरोधी सङ्घर्ष र शेरबहादुर देउवा सरकारलगायत अमेरिकी साम्राज्यवादका दलाल एवम् एमसीसी कम्प्याक्टका पिछलग्गुहरूबीचको पेचिलो सङ्घर्षको मोर्चाका क्रममा अमेरिकी साम्राज्यवादको हस्तक्षेप, दबाब एवम् धम्की र देउवा सरकारलगायत राष्ट्रघाती एवम् जनघाती दलालहरूको आत्मसमर्पणका कारण फागुन ४ गते बोलाइएको संसद् बैठकमा एमसीसी कम्प्याक्ट सदनमा टेबुल गर्ने र पारित गर्ने अन्तिम प्रपञ्च गरिराखेकोले नेपाल बन्दको आयोजना मार्फत प्रतिरोध गर्नुपरेको जनाएको छ ।
