logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

रातारात देउवा ओलीबिच नयाँ सहमति, केन्द्र देखि प्रदेशसम्म सत्ता साझेदारी गर्न बन्याे यस्तो प्लान


  • राजनीति
  • शुक्रबार, फाल्गुन ६ २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ताले राजनीतिकलाई रोचक मोडमा लाने संकेतहरु मिलेको छ । दुई नेताले दुई घन्टाबीच दुई पटक वार्ता गरेर राजनीतिक लेनदेनका कुराकानी गरेको बुझिएको छ ।

भेटमा एमसीसी पारित गर्ने देखि विभिन्न मुद्दाहरुमा सहमति बनाउनेबारे छलफल भएको विश्वस्त स्रोतले बताएको छ । देउवा र ओलीले सत्ता साझेदारीको समेत कुराकानी गरेको बुझिएको छ ।

केन्द्र सरकार देखि प्रदेश सरकारसम्म गठबन्धन बनाउने सम्मको कुराकानी भएको विश्वस्त स्रोतले बताएको छ । प्रदेश सरकारबारे पछि छलफल गर्ने पहिले केन्द्र सरकारमा गठबन्धन गर्नेबारे कुराकानी भएको बुझिएको छ ।

एमसीसी पारित गर्ने र त्यसमा अवरोध आए मिलेर सामना गर्नेबारे दुई नेताबीच छलफल केन्द्रित भएको बुझिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार