logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

आजै एमसिसी पास गर्ने गठबन्धनको निर्णय


  • राजनीति
  • आइतबार, फाल्गुन १५ २०७८

सत्ता गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेकाे सत्ता गठबन्धनको बैठकले एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको हो  । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद बैठकबाट एमसीसी आजै अनुमोदन गर्ने निर्णय बैठकले गरेको जानकारी दिए ।

बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीबाट निर्णय गर्न बाँकी रहेको भन्दै समय मागेका थिए । तर पर्खिने समय नभएकाले एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको नेता पौडेलले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार