logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एमसिसी पास गर्नेलाई भाटे कार्वाही हुन्छ : प्रकाण्ड


  • राजनीति
  • बुधबार, फाल्गुन १८ २०७८

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले एमसीसी पास गर्ने र एमसिसी पारित हुँदा दीपावली गर्न आउनेहरुलाई गाउँ-गाउँबाट भाँटाले लखेट्नु पर्ने बताएका छन् ।

६ पार्टीको आज बुधबार काठमाडौंमा चरणबद्ध आन्दोलनको घोषणा गर्दै आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाण्डले राष्ट्रघाती दलालहरुलाई सबैतिरबाट लखेट्नु पर्ने बताएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता प्रकाण्डले नेपाली कांग्रेसका युवा नेता गगन थापालाई नयाँ (युवा) दलालको संज्ञा दिए ।

नेपालका पुराना दलालहरुलाई भन्दा नयाँ दलालहरुलाई अमेरिकाले महत्व दिएको उनको दाबी थियो ।पत्रकार सम्मेलनमा ६ पार्टीका नेताहरुले पनि आ-आफ्नो धारणा राखेका थिए ।                                                 

 हेर्नुस् यस्ता छन् कार्यक्रम  

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार