logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

देउवाले देशलाई अमेरिकी सिविर बनाउन खाेजे : खनाल


  • राजनीति
  • बुधबार, फाल्गुन १८ २०७८

पूर्व प्रधानमन्त्री झलनाथ खनालले रुस र युक्रेनबीचको युद्धमा नेपालले हतारमा प्रतिक्रिया दिएको टिप्पणी गरेका छन् ।

दुई छिमेकी भारत र चीन तटस्थ बस्दा नेपालले हतारमा बोलेको उनको भनाइ छ । परराष्ट्र मन्त्रालयले १२ फागुनमा एक विज्ञप्ति जारी गरी सार्वभौम मुलुकमाथि बल प्रयोग गर्नु गलत भएको बताएको थियो ।

बुधबार विराटनगरमा आयोजित एक कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता खनालले सोही विषयमा टिप्पणी गर्दै नेपालले असंलग्न पराराष्ट्र नीति लिएकाले हतारमा बोल्न नहुने बताएका हुन् ।

‘नेपाल के अमेरिकी शिविरमा ढल्किएको हो यसको जवाफ प्रधानमन्त्री शेरबहादुर देउवाले दिनुपर्छ ।’

केही समयअघि अमेरिकाले आयोजना गरेको डेम्रोकेटिक समिटमा नेपाल पनि सहभागी भएको बताउँदै उनले थपे,‘ उहाँ (प्रधानमन्त्री) के अमेरिकी शिविरको मान्छे हो ? होइन भने उहाँ जस्तो मान्छेले कस्तो कार्यक्रममा भाग लिने हो सोच्नुपर्छ ।’

खनालले बदलिएको परस्थितिमा नेपाल सन्तुलित रुपमा प्रस्तुत हुनुपर्ने बताए । छिमेकीलाई चिढ्याउन नहुने पाठ युक्रेन र रसियाको विवादबाट सिक्नुपर्ने बताउँदै उनले सन्तुलित ढंगबाट प्रस्तुत हुनुपर्ने धारणा राखे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार