logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

विप्लवकाे सक्रियताले एमसिसी कार्यान्वयन धरापमा पर्दै !


  • राजनीति
  • शुक्रबार, फाल्गुन २० २०७८

सदनबाट अमेरिकी सहयोगसम्बन्धी एमसीसी कार्यान्वयन चरणमा जाने भएपनि विरोधी माेर्चाले नयाँ रणनीतिका साथ अगाडि बढ्न थालेका छन् ।

एमसीसीको विरोधमा उत्रिएका नेत्रविक्रम चन्द विप्लव नेकपाले विरोधका विभिन्न कार्यक्रम गर्दै आएको छ । उसले दुईपटक बन्द समेत गरेको छ । विप्लवसहित पूर्वमाओवादीका मोहन वैद्य किरण, सीपी गजुरेललगायतको मोर्चा पनि एमसीसीको विरोधमा सक्रिय भएको छ ।

विप्लवले एमसीसी विरोधी नेकपाको मोर्चाबन्दी बनाउने प्रयास थालेका छन् । उनले माओवादीभित्रका एमसीसीविरोधी समूहका नेता नारायणकाजी श्रेष्ठलाई यसै हप्ता भेटेका छन् । भेटमा मोर्चा बनाएर मिलेर जानेबारे छलफल भएको बुझिएको छ ।

विप्लवले आजै नेकपा एसका सम्मानित नेता झलनाथ खनालर नेकपा एमालेका नेता भीम रावलसँग भेटेका छन् । खनाल रावल एमसीसीको विरोधमा उत्रदै आएका छन् । एमसीसीविरोधी राष्ट्रिय जनमोर्चा, नेमकिपालगायतसँग पनि विप्लवले कुराकानी बढाएको बुझिएको छ ।

एमसीसीविरोधीहरु मोर्चाबन्दी गर्न थालेपछि राष्ट्रिय राजनीति तरंगित हुन थालेको छ । सत्ता गठबन्धनमा पनि यसबारे छलफल चलेको छ ।

भविष्यमा अमेरिकी परियोजनालाई तारो बनाउने र अवरोध पुर्याउने खालका गतिविधि समेत गर्ने गरी एमसीसी विरोधी अगाडि बढ्न थालेका छन् । उनीहरु योजनावद्ध तरिकाले लागिसकेको बुझिएको छ । आजै उक्त माेर्चाले राजधानीकाे खुल्ला मञ्चमा विशाल एमसिसी बिरुद्धकाे प्रदर्शन गर्दैछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार