राजनीति
सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ । माओवादी पार्टी कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा सुरु हुनेछ । एमसीसीले उत्पन्न तीव्र विरोधका बीच माओवादीको बैठक बस्न लागेको हो । यसपटकको माओवादी बैठक प्रचण्डकाे लागि फलामे चिउरा जस्तै हुनेछ ।
पार्टीको महाधिवेशनकाे निर्णय बिपरित संसदबाट एमसिसी सम्झाैता पारित गर्न जवजस्त एकलाैटी निर्णय गरेकाे भन्दै प्रचण्ड बिरुद्ध ठुलै माेर्चाबन्दी भएको छ । एमसिसी पास भए लगत्तै पार्टीका धेरै नेता कार्यकर्ताले पार्टी धमाधम छाेडिरहेका छन । भने केन्द्रमा नेता नारायणकाजी श्रेष्ठ र प्रचण्ड बिघ घमासान लडाइ परेकाे छ ।
११ देखि १८ पुसमा माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो । यसबीचमा बसेको केन्द्रीय समिति बैठकले अध्यक्षमा पुष्पकमल दाहाललाई सर्वसम्मत निर्वाचित गरेको थियो । अन्य पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट, केन्द्रीय समितिलाई पूर्णता दिने काम अझै बाँकी नै छ । पदाधिकारी चयन तथा नेताहरूको जिम्मेवारी बाँडफाँट अझै हुन सकेको छैन ।
माओवादी केन्द्रका नेता गणेश साहले केन्द्रीय समिति बैठकमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता, पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट, केन्द्रीय समितिलाई पूर्णता दिने, स्थानीय तहका निर्वाचनसहित पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा छलफल हुने बताए ।
एमसीसी सम्झौता संसद्बाट गत आइतबार पारित भएपछि माओवादी केन्द्रमा विवाद चर्किएको छ । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेललगायतका नेता असन्तुष्ट छन् । श्रेष्ठ समूहले पछिल्लो अवस्था’दयगत छलफल गर्दै केन्द्रीय समितिको बैठकमा सहभागी हुने निष्कर्षमा पुगेका छन् ।
माओवादी केन्द्र स्रोतका अनुसार बैठकमा सहभागी भएर अध्यक्ष दाहालको कार्यशैलीको चर्को रूपमा आलोचना गर्ने असन्तुष्ट नेताहरूको तयारी छ । पार्टीको आठौं महाधिवेशनको निर्णयविपरीत सहमति गरेर एमसीसी पारित गर्ने रणनीति अध्यक्ष दाहालले बनाएपछि उनको आलोचना भइरहेको छ ।
११ देखि १८ पुसमा सम्पन्न माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयनको अधिकार केन्द्रीय कमिटीलाई दिएको थियो । माओवादीले २४७ सदस्यीय केन्द्रीय कमिटी चयन गरिसकेको छ ।
अब केन्द्रीय कमिटी बैठकले वर्तमान राजनीतिक घटनाक्रमबारे समीक्षा गर्दै पदाधिकारी चयनबारे छलफल गर्ने नेता गणेश साहले जानकारी दिए । माओवादीमा स्थायी कमिटी, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँट, केन्द्रीय कमिटीलाई पूर्णता दिन बाँकी नै छ ।
माओवादी केन्द्रमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुईजना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ ।