logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

चिनसंग नजिकिए नेपाललाई युक्रेन बनाइदिने सेना प्रमुखकाे चेतावनी


  • राजनीति
  • शनिबार, फाल्गुन २१ २०७८

भारतीय सेनाका अवकाशप्राप्त एक जना मेजर जनरलले युक्रेनमा जारी पछिल्लो घटनाको उदाहरण दिँदै नेपाल र भुटानलाई बेलैमा सोच्न चेतावनी दिएका छन् । भारतीय टेलिभिजन आज तकसँगको कुराकानीमा पूर्व सैन्य अधिकारी विश्वम्भर दयालले नेपाल र भुटालने चीनसँग हिमचिम बढाएमा उनीहरुको अवस्था पनि अहिलेको युक्रेनको भन्दा फरक नहुने धम्की दिएका हुन् ।

उनले नेपाल र भुटानजस्ता साना छिमेकी राष्ट्रले भारतसँग भाइचाराको सम्बन्धमा आँच आउने काम गरेमा अहिले रुसले युक्रेनलाई जुन हालतमा पुर्याइदिएको छ, भारतले पनि उनीहरुलाई त्यस्तै बनाइदिने चेतावनी दिएका छन् ।

आजतककी पत्रकारले छिमेकी मित्रराष्ट्रहरुलाई धम्कीको भाषा बोलेर विश्वासमा लिन नसकिने प्रसंग उठाउँदा पनि उनले एकोहोरो नेपाल र भुटानको नाम लिँदै युक्रेन बनाइदिने धम्की दिएको उक्त टक शोको सानो अंशमा सुन्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार