logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

एमसीसी पास भएको केहिदिनमै अमेरिकी सेनाको जहाज काठमाडौमा


  • राजनीति
  • शुक्रबार, चैत्र ४ २०७८

शुक्रबार अमेरिकी जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । उक्त जहाज अमेरिकन राजदूतावासका कागजात लिएर काठमाडौं आएको भनिएता पनि खास के हो भन्ने प्रष्ट भैसकेको छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीकाअनुसार अमेरिकन जहाज बंगलादेशको राजधानी ढाकाबाट दूतावासका कागजात लिएर काठमाडौं आएको हो भनिएको छ ।

अमेरिकन सेनाको जहाज काठमाडौं अवतरण गरेपछि सामाजिक सञ्जालमा हंगामा मच्चिएको छ । हालै मात्रै एमसीसी संसदबाट पारित भएको र अमेरिकी सैन्य गतिविधि हुन्छ भन्ने बहस चलिरहेको बेला उक्त जहाज आउनुलाई अर्थपुर्ण रुपमा हेरीएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार