राजनीति
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बैठक दुई दिन स्थगित भएर आज बिहान ८ बजे बस्ने भनिएको छ । कपिलवस्तुको शिवगढीस्थित पार्टी केन्द्रीय सम्पर्क कार्यालयमा ९ दिन अगाडी शुरु भएको १२ औँ पूर्ण बैठकमा महासचिव विप्लवले पेश गरेको राजनीतिक प्रतिवेदनमा नेताहरुले धारणा राख्ने क्रम सकिएपछि विहिबार यता बैठक अवरुद्ध भएको हो ।
सन्निकट रहेको स्थानीय निर्वाचन उपयोग गर्ने /नगर्ने विषयमा पार्टीभित्रै महासचिव विप्लवको प्रस्ताव ‘अल्पमत’मा परेपछि दुई दिन यता बैठक रोकेर विप्लव र प्रकाण्ड (खड्कवहादुर विश्वकर्मा) ले केन्द्रीय सदस्यहरुसँग छुट्टाछुट्टै भेट गरेका छ्न।
शुक्रवार र शनिवार चुनाव उपयोगको विपक्षमा मत राख्ने नेताहरुलाई बोलाउँदै प्रस्ताव उपर कन्भिन्स गर्ने प्रयास गरेका थिए । सो क्रममा दुवै नेताले नेतृत्व चुनाव उपयोगको नीतिबाट अव यताउता जानै नसक्ने भएकाले प्रस्ताव पक्षमा साथ दिन अनुरोध समेत गरेको स्रोतको जनाएको छ ।
स्रोतका अनुसार आज (आइतबार) विहानबाट ८ बजे पछिबाट भने बैठक बस्ने जानकारी आएको बताएको छ ।
दुई दिन यता सचिवालय बैठक समेत नबसेका कारण आज पनि बैठक बस्ला नबस्ला भन्नेमा अन्यौल कायमै रहेको छ ।
बैठक जसरी पनि आजै सक्ने मुडमा विप्लव र प्रकाण्ड रहेको बुझिएको छ । विहान ७ वजे नास्ता र त्यसपछि ८ वजेबाट बैठक राखेर बैठक सस्ने तयारी रहेको छ । अधिकतम प्रयास वहुमतले नै प्रस्ताव बुबहु पारित गर्ने र नभएपनि अल्पमतमै परेपनि प्रस्तावकै पक्षमा जाने घोषणा गर्दै बैठक सक्ने तयारी गरेको देखिन्छ ।
यता सामाजिक संजाल भरी देशैभरका नेता कार्यकर्ताले चुनावमा भाग लिन नहुने भन्दै निरन्तर खबरदारी गरेकाछन । अधिकाश नेता कार्यकर्ताले निर्वाचनमा भाग लिन नहुने भन्दै असन्तुष्टि व्यक्त गरिरहेकाछन ।