logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

बैठकमा विप्लव बोल्दै : क्रान्तिकारी प्रस्तावको सम्बोधन हुने अपेक्षा


  • राजनीति
  • आइतबार, चैत्र १३ २०७८

नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको १२ औँ पूर्ण बैठक पुनः सुचारु भएको छ । बैठकको नवौँ दिन आज दिउँसो २ बजे पार्टी नेकपा महासचिव विप्लवले आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि पार्टीका केन्द्रीय सचिवालय सदस्य, केन्द्रीय सदस्य र केन्द्रीय सल्लाहकार समितिका सदस्यहरूले राखेका सुझाव, जिज्ञासा र आशङ्काको चित्तबुझ्दो र वैज्ञानिक विकल्पहरूसहितको जबाफ दिने कार्यक्रम रहेको जानकारी पार्टीको केन्द्रीय कार्यालय स्रोतले दिएको छ ।

‘दिउँसो २ बजे सुरु भएको बैठकमा नेकपा महासचिवले बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका जिज्ञासा, सुझाव र प्रश्नमाथि प्रस्ट पार्ने कार्यक्रम छ’, बैठकमा सहभागी पार्टी केन्द्रीय सदस्य एवम् रातो खबर प्रकाशन गृहका निर्देशक वसन्त श्रेष्ठ ‘प्रज्वलन’ ले रातोखबरलाइ जानकारी दिएकाछन ।

महासचिव विप्लवले पार्टीको एकीकृत जनक्रान्ति र क्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने क्रान्तिकारी कार्यदिशा, पार्टी नेता र जनताले क्रान्तिकारी मुल मर्म सहित दिएका सुझाव, सल्लाह र आशङ्काहरूलाई सम्बोधन गर्ने र सबैको विचार र भावनालाई समेटेर क्रान्ति स्प्रीटमा निर्णय हुने अपेक्षा गरिएको बैठकमा सहभागी स्रोतहरूले बताएका छन् ।

नौ दिनअघि गत शनिबार पार्टीको नवनिर्मित केन्द्रीय सम्पर्क कार्यालयमा सुरु भएको बैठकमा पार्टी केन्द्रीय सचिवालय सदस्य, पार्टी सल्लाहकार समितिका सदस्य र केन्द्रीय सदस्यहरूले विप्लवद्वारा प्रस्तुत रानीतिक प्रतिवेदनमाथि गम्भीर बहस र छलफल गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार