logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्छ : विप्लव


  • राजनीति
  • बिहिबार, चैत्र १७ २०७८

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै चन्दले सो कुरा बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अब एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्छ ।’

उनले देशमा चुनावको नाममा राष्ट्रवादी र राष्ट्रघातीहरुको बीचमा ध्रुवीकरण भइरहेको उल्लेख गर्दै आफुहरु प्रगतिशील, देशभक्त र क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गराउन गाउँमा पुग्नुपर्ने बताए । उनले एमसीसीका पक्षधरहरुलाई दलाल पुँजीपति वर्गको संज्ञा दिँदै उनीहरु विरुद्धको लडाइँलाई गाउँसम्म पु¥याउनुपर्ने बताए ।

उनले भने, ‘हामीले यो अभियान गाउँ–गाउँसम्म पुर्याउनुपर्छ । र हाम्रो पार्टीको सोचाइ छ की यो लडाइँमा पनि हामीले प्रगतिशील शक्तिहरूलाई, देशभक्त शक्तिहरूलाई, क्रान्तिकारी शक्तिहरूलाई एकतावद्ध गराउन गाउँसम्म जानुपर्छ र राष्ट्रघाती, एमसीसी पक्षधर, देश बेचेर खाने या देशलाई संसदबाट आफ्नो एकाधिकार जसरी बेच्न खोज्ने दलाल पुँजीपति वर्गको विरुद्धको लडाइँमा गाउँसम्म पुर्याउनुपर्छ र एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान हामीले सञ्चालन गर्नुपर्छ ।’

उनले एमसीसी सम्झौतालाई संसदको स्वीकृति र कुनै कानूनी मान्यताले लागू गर्न नसकिने बताए । उनले नेपालको संसद र संसदवादी दलहरु नेपाली स्वाधिनता जोगाउन असफल भएको बताए । नेपाली जनताको आकांक्षाहरू पुरा गर्ने जिम्मा कम्युनिष्ट, क्रान्तिकारीहरुको काँधमा आएको उनको भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार