राजनीति
बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतिले नेपालमा जनताको रगत, पसिना र अथक मेहनतबाट जन्माएको संसदवाद विरुद्धको जमातलाई एक वा दुई नाममा फेरि संसदवादको नोकर बनाउने कुरा कुनै पनि मुल्यमा स्विकार गर्न नसकिने बताएकाछन । उनले कुनैपनि बहानामा कम्युनिस्ट क्रान्तिकारी शक्तिलाई संसदवाद तिर नलत्रीन आव्हान समेत गरेकाछन ।
नेता आहुतिले नेपालको वर्गीय लडाइँलाई वास्तविक र नयाँ ढंगले उठाउन गर्नुपर्ने बेला आएको बताउदै भने
“सेना बिनाको कम्युनिस्ट पार्टी कम्युनिस्ट हुनै सक्दैन । बैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न बैज्ञानिक साजवादी अर्थनीति सगै प्रतिरोध संघर्ष संचालन गर्नुपर्छ । यो शान्तिपूर्ण संक्रमणको खटिरा उम्रेको बाटो नभएको होइन ।”

नेपाली कम्युनिस्टहरुको सहयात्रा र सहकार्यको प्रसंग कोट्याउदै उनले भने ” सहकार्य भनेको आफुलाइ मन पर्ने र आफुलाइ सुरक्षित राख्ने भन्ने हुदैहोइन । यो त क्रान्ति र जनताको निम्ति जोखिम मोलेर पनि सहकार्य गर्नैपर्छ ।”
नेता आहुतिले क्रान्तिकारीहरुका बिचमा एकता हुन्छ भने सबैभन्दा इमानदार र रचनात्मक ढंगले लाग्ने प्रतिवद्धता समेत गरेकाछन । नेपाली कम्युनिस्ट आन्दोलनको समिक्षा गर्दै उनले भने “बिगतमा पार्टी बनायौ,सेना बनायौ तर जनताको मौलिक अर्थतन्त्र नहुदा जितिसकेका लडाइँ एकाएक हारिए, त्यसैले अर्थतन्त्रको आधार सहित अगाडी बढ्नु अनिवार्य भएको छ । क्रान्तिकारीहरुले आफुलाई धान्ने अर्थतन्त्र नबनाए आन्दोलन टिकाउन सकिदैन ।”
आहुतिले क्रान्तिमा लागेका ठुला नेताले लटले धोका दिएपछि उपलब्धि समेत गुम्न पुगेको बताउदै आफुहरुले सुरु गरेको यात्रा क्रान्ति र बलिदानकै यात्रा भएको ठोकुवा समेत गरेकाछन । साथै उनले जनता र मुलुकको अवस्थाले गर्दा सचेत क्रान्तिकारीहरुले वर्गीय संघर्ष छोडेर सुस्ताउन नहुने प्रष्ट पारेकाछन ।
नेपाली समाजको निर्माणको ब्याख्या गर्दै नेता आहुतिले भने “पुरुषको नेतृत्व मान्दा सम्म महिला क्रान्तिकारी हुने तर आफै पहल गर्न खोज्दा महिलावादी बनाइदिने, एक जना दलितले गैर दलितको नेतृत्वमा बस्दा सम्म सर्वहाराको असली प्रतिनिधि हुने तर आफै गर्न खोजे दलितवादी बनाइदिने रोग नेपाली कम्युनिस्ट आन्दोलनमा ठूलो रोग छ । नेपाल र दक्षिण एसियामा वर्ग निर्माण यहाको जात ब्यवस्थाले गरेको छ । नेपालमा वर्ग संघर्षको कुरा गर्दा केवल आर्थिक वर्गको कुरा मात्र गरेर हुदैन जात व्यवस्था सहितको आर्थिक वर्ग अन्त्यको लागि संघर्ष गर्नैपर्छ । वर्ग जन्माउने मुख्य पक्ष बाकी राखेर आर्थिक वर्गीको मात्र कुरा फेरि वर्ग जन्मिने खतरा कायमै रहन्छ ।”
नेता आहुतिले दक्षिण एसियामा दलित, महिला,मजदुर र उत्पीडितलाई क्रान्तिमा ल्याउनुपर्ने होइन बरु त्यो समुदाय आन्दोलनमा लागेन भने या नेतृत्वमा पुगेन भने त्यहा क्रान्ति भएको मान्न नसके तर्क गरेकाछन । उनले भने “जो समाजको पिंधमा छ उ नेतृत्वमा आएन भने क्रान्ति भएको कसरी मान्ने ? त्यसैले नेतृत्व प्रणालीलाई उस्तै राखेर युवाहरुको बैंस मात्र सकाउने बाहेक अर्को हुदैन ।”
बैज्ञानिक समाजवादी पार्टीका संयोजक आहुतीले पार्टीको प्रथम सम्मेलनको प्रारम्भ गर्दै नयाँ पुस्ताले प्रसस्त प्रयोग गर्नका लागि तयार हुन अपिल समेत गरेकाछन । नेपाली समाजको बिशेषताले नदिदा नदिदै पनि आफू संयोगवस नेता हुन पुगेको भन्दै नेपाली कम्युनिस्ट चेतना प्रती तीखो व्यंग्य समेत गरेकाछन । उनले उत्पीडित समुदाय संयोगले होइन सदैव र सहज ढंगले नेतृत्वमा पुग्ने प्रणालीको स्थापना गरेर मात्र क्रान्तिलाई बिजयी गराउन सकिने प्रष्ट गरेकाछ्न ।


राष्ट्रिय सम्मेलनले वैज्ञानिक समाजवादको कार्यदिशा, प्रमुख उत्पादक शक्ति विज्ञान प्रविधिमा आधारित वैज्ञानिक समाजवादको स्वरुप, संरचना र कार्य योजना, नेपाली समाजको नयाँ वर्ग विश्लेषण, पितृसत्ता र जात व्यवस्थाको अन्त्यको स्पष्ट कार्यदिशा र कार्यनीति लगायत अन्य कार्यक्रमहरु तय गर्ने जनाएको छ । साथै नेपालको कम्युनिस्ट आन्दोलनको समीक्षाका साथै प्रतिक्रान्तिका कारणहरुको निर्मम समीक्षा र नयाँ युगको नयाँ कम्युनिस्ट पार्टी निर्माणको संकल्प गर्ने बैज्ञानिक समाजवादी पार्टीका नेता तथा प्रारम्भ सत्रका संचालक जागृत रायमाझीले बताएकाछन ।
काठमाडौमा बिहीबार उद्घाटन भएको सम्मेलनको चैत १८ र १९ गते भक्तपुरमा बन्दसत्र हुनेछ । भेलालाई नेकपा क्रान्तिकारी माओवादी) का नेता गौरव , नेकपाका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टीका उपाध्य लगायतका अतिथीहरुले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा क्रान्तिकारी कविहरुले बेजोड कबिता बाचन समेत गरेका थिए ।