राजनीति
नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालय सदस्य तथा बाैद्धीक नेता धर्मेन्द्र बास्तोला कञ्चनले आफ्नो पार्टी चुनावमा भाग नलिने बताएका छन् । पार्टीको केन्द्रीय प्रशिक्षण कार्यक्रममा सहभागी तीनसयभन्दा बढी नेता–कार्यकर्तालाई प्रशिक्षण दिँदै नेता बास्तोलाले आफ्नाे पार्टीको केन्द्रीय कमिटीले गरेकाे निर्णय अनुसार नेकपाकाे कुनै पनि कार्यकर्ताले चुनावमा भाग नलिने बताएका छन् ।
उनले नेकपाका जिल्ला सेक्रेटरीसम्म कुनै पनि पहमा उम्मेदवार बने पार्टीले कार्वाही गर्ने भन्दै दलाल सत्ताले घाेषणा गरेकाे स्थानीय चुनावमा पार्टीको कुनैपनि संग्लग्नता नरहने स्पष्ट पारे । नेता बास्तोलाले पार्टी केन्द्रीय कमिटीकाे बैठककाे निर्णय अक्षरस लागू गर्नुपर्ने भन्दै देश ब्यापी चुनाव बिरुद्ध भण्डाफाेर सभाहरु सञ्चालन गरिने बताए । उनले आवश्यकता परेमा एमसीसीविरोधी, जनपक्षीय, देशभक्त उम्मेदवारलाई स्वतन्त्र रुपमा समर्थन मात्र गर्न सकिने तर त्यो पनि अनिवार्य नभएको धारणा पनि राखेका छन । मुख्य त दलाल संसदिय ब्यवस्थाको निर्वाचनमा सहभागी नबन्ने कुरा नै मुख्य रहेको बताएकाछन ।
नेता बास्तोलाले भने, ‘चुनावमा भाग नलिने, भण्डाफोर गरेर जाने नै पार्टी केन्द्रीय समितिकाे बैठमकाे निर्णय हाे र याे क्रान्तिकारी प्रधान पहल हो ।’ पार्टीका नेता–कार्यकतालाई दलाल पुँजीवादका विरुद्ध एकीकृत जनक्रान्ति सम्पन्न गर्ने कार्यक्रममा निराशा होइन, आशावादी बनेर जनतामा जान र विजयभाव सम्प्रेषण गर्न पनि उनले आह्वान् गरे ।
दलाल पुँजीवादी शक्तिहरुले षड्यन्त्रपूर्ण रुपले सदनबाट राष्ट्रघाती एमसीसी पारित गरे पनि जनताको बलमा देशभक्तहरुलाई केन्द्रिकरण गरेर एमसीसी असफल बनाइदिनु बताए ।