logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

निर्वाचनमा जाने भन्दै प्रकाण्ड टोली निर्वाचन आयोगमा


  • राजनीति
  • बिहिबार, चैत्र २४ २०७८

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहितको टोली निर्वाचन आयोगमा पुगेको छ ।

स्थानीय निर्वाचनमा सहभागी हुने विषयमा छलफल गर्न भन्दै प्रकाण्डसहितका नेताहरु बिहीबार आयोगको कार्यालयमा पुगेका हुन् ।

उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट गरेका छन् ।

पार्टीको केही अघि बसेको केन्द्रीय कमिटी बैठकले स्थानीय निर्वाचनमा सहभागी पनि नहुने र बहिस्कार पनि नगर्ने निर्णय गरेको थियो ।

तर महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले चुनावमा जान चाहेका थिए । अल्पमतमा परेपछि उनीहरु प्रस्तावबाट पछि हटेका थिए

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार