राजनीति
आफ्नै पार्टीको केन्द्रीय समितिकाे निर्णय विपरित प्रकाण्डको निर्वाचन आयोग पुगेका बेला पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ चाहिँ राजधानी बाहिर चितवनमा चैत्र २४ काे जनआन्दोलन दिवशकाे कार्यक्रममा व्यस्त थिए ।
यता निर्वाचन आयाेग पुगेका प्रकाण्डले आयोगमा पुगेर पार्टी जान्छ भन्ने बाताबरण बनाइदिनुपर्याे भन्ने अनुरोध परालकाे आगाे झै भइरहदा उता महासचिव विप्लव भने जनसभालाई सम्बाेधन गर्दै जनमतसंग्रहकाे चुनाव गराै हामी सहभागी हुन्छाै भनेर भाषण गरिरहेका थिए ।
चुनावकाे विपक्ष अर्थात झन्डै दुई तिहाइ अल्पमतमा परेका विप्लव प्रकाण्डलाइ पार्टीको निर्णय भन्दा आफ्नाे प्रतिवेदन प्रतिष्ठाको बिषय भएको छ । पार्टी केन्द्रीय समितिकाे बैठकमा न माेर्चा बनाएर चुनाव लड्ने निर्णय भएको छ न त दल दर्ता गरेर नै । तर आफैले गरेकाे निर्णयकाे मसि सुक्न नपाउदै प्रवक्ता प्रकाण्ड भने चुनावी दाैडधुपमा निकै सक्रिय छन् । पार्टी निर्णयमा आफू निकट र आफुलाई ठिक भन्नेहरुलाइ मात्रै बनाउने प्रकाण्डकाे छविले नेकपा करिव ४/५ बर्ष अघि आन्तरिक बिवाद र विघटनतिर उन्मुख थियाे जानकारहरु बताउछन् ।
पार्टीको केन्द्रीय समितिकाे बैठककाे निर्णयलाई ताेडमराेड गर्न नमिल्ने भन्दै चुनावको विपक्षमा देखिएका पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बाँस्तोलालाई पनि प्रकाण्ड निर्वाचन आयोगमा जान लागेको थाहा नभएको बताएका छन् । ‘उहाँ किन आयोग जानु भएको हो थाहा भएन, हामीसँग यस विषयमा कुनै छलफल भएको थिएन’ बाँस्तोलाले भने, ‘निर्वाचनबारे पार्टीको धारणा केन्द्रीय कमिटी बैठकले जे निर्णय गरेको थियो, त्यही हो ।’पार्टीको निर्णय बिपरित कसैलाई जान छुट हुदैन् ।
प्रकाण्ड निकट नेताहरुको भनाइमा चाहिँ छुट्टै मोर्चा बनाएर जानेबारे तयारी गरिएकाले पार्टीमा यसबारे छलफल गर्नु आवश्यक थिएन । यद्यपि प्रवक्ता प्रकाण्डले महासचिव विप्लवसँग समेत परामर्श गरेरै मोर्चा बनाउने प्रयास थालेको ती नेता बताउँछन् । बाँस्तोला चाहिँ पार्टीमा त्यसबारे कुरा गर्ने बताउँछन् ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष कट्टेल चाहिँ प्रकाण्डले आफ्नो पार्टीमा चुनाव सम्बन्धि दृष्टिकोणले विवाद आएपछि मोर्चाबन्दीको प्रयास गरेको बताउँछन् । ‘अप्ठ्यारो परिस्थितिमा एक्लै चुनावमा जाने सम्भवना रहेन,’ उनी भन्छन्, ‘त्यसैले विकल्प स्वरुप उहाँहरुले मोर्चा बनाउने प्रस्ताव गर्नु भएको हो ।’
तर त्यो पनि सहज नभएको उनी बताउँछन् । आफूले तीन महिनाअघि नै ६ दलको बैठकमा चुनावलाई प्रयोग गर्ने कार्यनीति तय गर्न प्रस्ताव गरेको उनी सम्झन्छन् ।
‘मैले चुनाव भनेको कार्यनीतिको प्रश्न हो, त्यसलाई प्रयोग गर्न पनि सकिन्छ, हस्तक्षेप गर्न पनि सकिन्छ भनेको थिएँ’ कट्टेल भन्छन्, ‘एक्लै गएर केही हुँदैन, राजनीतिक शक्ति निर्माण गरौं भन्ने प्रस्ताव राखेको थिएँ, उहाँहरुले त्यतिवेला वास्ता गर्नुभएन, अहिले कुबेलामा उहाँहरु तात्नु भएको छ, जसको कुनै अर्थ छैन ।’
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पनि विप्लवले चुनावको मुखमा पुगेर तत्कालीन केन्द्रीय सदस्य मोहन कार्की ‘जीवन्त’लाई बालुवाटार पठाएर एक महिना चुनाव रोकिदिन प्रस्ताव गरेका थिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई त्यसवेला ‘एक महिना चुनाव रोकिदिनुप¥यो, निर्वाचनमा सहभागी हुन तयार छौं’ भनेको कार्की सम्झन्छन् । तर देउवाले अदालतलाई देखाएर चुनाव सार्न नसकिने भनेको उनले सुनाए ।
२०६४ सालको निर्वाचनमा मधेशवादी दललाई चुनावमा सहभागी गराउन अन्तिम समयमा उम्मेदवारी मनोनयको समय लगायतको निर्णय गरिएको थियो । तर पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल भन्छन्, ‘अहिलेको अवस्था त्यो होइन, निर्वाचनको तयारी धेरै अगाडि पुगिसकेका वेला आयोग रोकिने अवस्था छैन ।’