logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

चुनावकाे कुनै प्रक्रियामा भाग नलिने नेकपा कैलालीको निर्णय !


  • राजनीति
  • शुक्रबार, चैत्र २५ २०७८

नेपाल कम्युनिस्ट पार्टी कैलालीले स्थानीय निर्वाचनकाे कुनै पनि प्रक्रियामा भाग नलिने निर्णय गरेकाे छ । नेकपा कैलालीको १६औं सम्पन्न बैठकलले उक्त निर्णय गरेकाे बताइएकाे छ ।

हिजाे सम्पन्न नेकपा कैलालीको बैठकले दलाल राज्यद्वारा गरिने दलाल संसदीय व्यवस्था अन्तर्गतकाे चुनावका कुनै पनि गतिविधि तथा प्रक्रियामा पार्टी नजाने निर्णय गरेकाे हाे ।

नेकपा कैलाली जिल्ला सेक्रेटरी दिपेन्द्र चलाउनेकाे अध्यक्षतामा बसेकाे बैठकले कथित स्थानीय चुनाव
र दलाल संसदिय व्यवस्थाको भन्डाफोर गर्ने,MCC कार्यनयन गर्न अबरोध गर्ने ,र भ्रष्टाचारको भन्डाफोरगर्ने ,तस्कर ,माफिया ,कालोबजारी कमिसनखोर ठेकेदारी प्रथाको भन्डाफोर गर्ने र राष्ट्रवादी शक्तिहरुसंग राष्ट्रियता जनजिविकाका बिषयमा छलफल गर्ने निर्णय एकमतकासाथ कैलाली जिल्ला समितिको बैठक सम्पन्न भएको नेकपा कैलालीले जनाएकाे छ । फाेटाे फाइल

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार