logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

मुद्धा फिर्ता लिदैमा पार्टी चुनावमा भाग लिदैन : नेता बास्ताेला


  • राजनीति
  • मंगलबार, चैत्र २९ २०७८

सरकारले विप्लव नेकपाका नेता कार्यकर्ता माथी लगाइका झुठ्ठा मुद्दा कानुन अनुसार फिर्ता लिने बताएकाे छ । तीन बुदे सहमति गरेकाे एक बर्ष पछि मुद्दा फिर्ताकाे लागि तयारी भइरहेकाे बताइएकाे छ ।

नेकपाकाे १२ औ केन्द्रीय समितिकाे बैठकले सरकारले गर्न लागेकाे स्थानीय चुनावमा भाग नलिने निर्णय गरेकाे थियाे । तर आफ्नै पार्टीको निर्णय बिपरित प्रबक्ता प्रकाण्डले पार्टी चुनावमा भाग लिने पार्टी दर्ता गर्ने अभिव्यक्त निर्वाचन आयाेग पुगेर दिएका थिए । यस्तै एक टेलिभिजन अन्तवार्तामा उनले सरकारले तीन बुदे सहमति पूरा गरे पार्टी चुनावमा भाग लिने बताएका थिए ।

यसैबिच चुनाव अगावै केही मुद्दा फिर्ता लियर बिप्लव नेकपालाइ चुनावमा लिने सरकारले तयारी गरेकाे देखिन्छ । हाल देशभर ४० जना नेकपाका नेता कार्यकर्ता जेलमा छन भने करिव सयाैंन बढिलाइ विभिन्न झुट्टा मुद्दा लगाइएकाे छ ।

बाँस्तोलाले केन्द्रीय तहका सबै रिहा भइसकेको र अब जिल्ला र स्थानीय स्तरका ३५ देखि ४० जना नेता/कार्यकर्ता छुट्न बाँकी रहेको बताए । २०७७ फागुन २१ मा तत्कालीन केपी ओली नेतृत्वको सरकार र चन्द समूहबीच तीनबुँदे सहमति भएसँगै नेकपामाथि लागेको दुई वर्ष लामो प्रतिबन्ध हटेको थियो । तीनबुँदे सहमतिअघि करिब २ हजार १ सय पक्राउ परेकामा १ सय ४० जना पुर्पक्षका क्रममा जेल चलान भए थिए । तीमध्ये अधिकांश धरौटी र तारेखमा छुटिसकेका छन्, करिब ४० अझै जेलमै छन् ।

सहमतिमा नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा, शान्तिपूर्ण माध्यमबाट गतिविधि गर्ने र प्रतिबन्धको अवधिमा पक्राउ परेका नेता/कार्यकर्ता रिहा एवं मुद्दा फिर्ता गर्ने उल्लेख थियो । सहमतिको चार महिनापछि २०७८ असारमा ओली सरकार विस्थापित भएपछि शेरबहादुर देउवाको नेतृत्वमा पाँचदलीय गठबन्धनको सरकार बनेको थियो । त्यसपछि पनि नेकपाका शीर्षक नेताहरूले अघिल्लो सरकारले गरेको सहमति कार्यान्वयन गर्न माग गर्दै प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री (हाल उद्योग) दिलेन्द्र बडूलाई भेटेरै ध्यानाकर्षण गराएका थिए । तीनबुँदे सहमति हुँदा चन्द समूहका केन्द्रदेखि स्थानीय स्तरका समेत गरी ८५ जना नेता/कार्यकर्ता पुर्पक्षका क्रममा विभिन्न कारागारमा थिए तर चन्दा असुली, धम्की, विस्फोटक पदार्थ ओसारपसारलगायत कसुरका थुप्रै छुटेर अहिले करिब ४० जना थुनामा रहेको प्रहरी प्रधान कार्यालय स्रोतको भनाइ छ ।

यता नेकपका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले सरकारसँगको सम्झौतापछि थुनामा रहेका नेता–कार्यकर्ताको बिनासर्त रिहा र मुद्दा फिर्ता गर्नुपर्ने एकमात्र बटमलाइन रहेको बताए । ‘मुद्दा फिर्ता र कार्यकर्ता रिहा हाम्रो एक मात्र बटमलाइन हो, यसबाट तलमाथि भए सरकारले गरेको तीनबुँदे सम्झौता उल्लंघन भएको ठहरिनेछ,’ उनले भने, ‘मुद्दा फिर्तामा कठिनाइ छ भने कसरी गाँठो फुकाउने हो, त्यो सरकारले जान्ने कुरा हो । विशेष निर्णय लिएर वा के गरेर हुन्छ, मुद्दा फिर्ता हुनुपर्छ ।’

मुद्दा फिर्ता लिइए आफ्नो पार्टीले चुनावी प्रक्रियामा कुनै अवरोध नगर्ने उनले बताए । ‘हामी चुनावमा भाग त लिँदैनौं तर नेकपाले उठाएका एजेन्डालाई सकारात्मक रूपमा हेर्ने बताए र भाेट हाल्नै परे पार्टीको केन्द्रीय समितिकाे निर्णय अनुसार राष्ट्रवादी जनपक्षिय एमसिसी बिराेधी उम्मेदवारलाई भोट हाल्न सकिने बताए  ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार