logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

नेकपा कास्कीको बैठक सम्पन्न : क्रान्तिकारी आन्दोलनको रक्षामा प्रतिवद्धता


  • राजनीति
  • शनिबार, बैशाख ३ २०७९

नेपाल कम्युनिस्ट पार्टी कास्की जिल्लाको २१ औं बैठक सम्पन्न भएको छ ।

पोखराको पृथ्वीनारायण क्याम्पस बगरमा नेकपाको २१ औं बैठक बिभिन्न महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको नेकपा कास्की जिल्ला सेक्रेटरी गोकुल पराजुलीले बताएकाछन ।
सल्लाहकार सदस्य सहित बसेको उत्त बैठकले नेपाल कम्युनिस्ट पार्टीको १२ औं पुर्ण बैठकको कार्यनितिमा रहेर संसदीय ब्यवस्थाको भण्डाफोर गर्ने, राष्ट्रघाति एमसीसी सम्झौताका बिरुद्द ब्यापक आन्दोलन गर्ने, राष्ट्रवादी, प्रगतिशील शत्तिहरुलाई सहयोग गर्ने साथै लामो समय क्रान्तिका लागी निरन्तर आन्दोलनमा रहेका जिल्ला सल्लाहकार धन बहादुर बिश्वकर्माको आवास निर्माण गर्ने जस्ता उल्लेखनिय निर्णयहरु गरीएको सेक्रेटरी पराजुलीले बताएकाछन ।

बैठकमा पार्टी केन्द्रको १२ औं पुर्ण बैठकको परीपत्र र सर्कुलर वाचन सेक्रेटरी पराजुलीले गर्नुभएको थियो । बैठकले राजनैतिक बैचारीक कार्यक्रमको समेत ठोस गरीएको र संगठन सम्बन्धि पनि केही निर्णयहरु गरीएको उहाँले बताउनुभयो । उहाँले पार्टीको नितिमा रहेर कार्यक्रमहरु अघि बढाईने साथै क्रान्तिकारी आन्दोलनलाई रक्षा गर्न सम्पुर्णले प्रतिबद्ध र दृढ रहनुपर्नेमा जोड दिएकाछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार