राजनीति
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’लाई स्थानीय चुनाव अघि नै बन्दी रिहा र मुद्धा फिर्ता हुने आश्वासन दिएका छन्। नेपाल निवास कोटेश्वरमा प्रचण्ड,माधव सहित प्रचण्ड, नेकपा महासचिव विप्लव,सचिवालय सदस्य हेमन्तप्रकाश ओली,धर्मेन्द्र बास्तोलाले भेटेका थिए। 
आइतबार विहान ८ बजेतिर तीन पार्टीका नेताहरुले तीन बुँदे सहमती कार्यान्वयनका विषयमा छलफल भएको नेकपा सचिवालय सदस्य हेमन्तप्रकाश ओलीले बताए। प्रचण्ड र माधवले प्रतिबन्धको अवधिमा जेलमा परेका नेता कार्यकर्ता रिहा गर्नुका साथै मुद्धा फिर्ता लिने बचन दिएको ओलीले बताए ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेकपासँग तीन बुँदे सहमती गरेपनि कार्यन्वयन नभएपछि सत्तारुढ दलका नेताहरुलाई निरन्तर भेट्दै आएका छन्। तर, सरकारले चुनाव अघि नै बन्दी रिहा र मुद्धा फिर्ता लिने भनेपनि अझै लिएको छैन्।
अरु स्थानीय तहको चुनावी तालमेलका विषयमा समेत कुराकानी भएको ओलीले बताए। विप्लव सहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा एमालेसँग चुनावी तालमेल गर्ने भन्दै छलफल जारी राखेका छन्। तर, ओली सहित धर्मेन्द्र बास्तोला चुनावकाे बिपक्षमा छन् भने केन्द्रीय समितिकाे बैठकले बहुमत ले चुनावमा जाने महासचिव विप्लवकाे प्रस्तावलाई खाेरेज गरिदिएकाे थियाे । नेताहरुले बन्दी रिहा र मुद्धा फिर्ता नभएकाले सम्म तिनबुदे सहमतिकाे पालनाबाट राज्य भागेकाे भन्दै कार्यन्वयनमा सहयाेग गर्न अपिल गरेका छन् । 
अस्ति नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेका थिए । उक्त भेटमा एकीकृत जनक्रान्तिका १२ जना सहिदलाइ राष्ट्रिय सहिद घाेषणा गर्न अनुराेध गरेका थिए जवाफमा प्रचण्डले एकीकृत जनक्रान्तिका सहिद पनि राष्ट्रका सहिद भएको र आफुले सहिद घाेषणा पहल गर्ने वचन दिएका थिए ।