राजनीति
सत्तारुढ दल (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले एमाले पार्टी सगको एकता बारेमा एघार वर्ष पहिला नै निर्णय भएको खुलासा गरेकाछन । पुर्व बिद्यार्थी नेता लेखनाथ न्यौपानेको पुस्तकको सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन ।
शान्ति प्रक्रियाको पहिलो बैठकमा नै आफुले प्रस्ताव राखेको र पारित भएको दावी गर्दै उनले भने “म सधैं क्रमभङ्गतामा बिश्वास गर्दछु ।” अखिल क्रान्तिकारी द्धारा आयोजित उक्त कार्यक्रममा प्रचण्डले दिनहुँ घटेका घटनाले अलिक असहज महसुस गराएको भन्दै सरकारको कार्य सम्पादन तर्फ असन्तुष्ट भएको संकेत गरेका थिए ।