logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

नेकपा (बहुमत) का संयाेजक बास्ताेला गिरफ्तार


  • राजनीति
  • बिहिबार, बैशाख २९ २०७९

पुनर्गठित नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलालाई आज बिहानै भालुवाङ्ग प्रहरीले बिना कारण पक्राउ गरेको छ । उनलाई बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले पक्राउ गरेको हो । पार्टीको बाँके जिल्लाकाे प्रशिक्षणमा जाँदै गर्दा भालुबाङमा पक्राउ गरेको पार्टीका एक केन्द्रीय सदस्यले बताएका छ्न ।

स्थानीय निर्वाचनको ठिक अघि उनलाई चुनाव बहिष्कार गरेको भन्दै प्रहरीले पक्राउ गरेको बताइएको छ । यधपी उनी नेतृत्वको पार्टीले चुनावमा नजाने तर यदि देशभक्त, एमसीसी विरोधी र क्रान्तिकारी स्वतन्त्र उम्मेदवार भए सघाउने नीति लिएको कुरा सार्वजनिक रुपमा नै घोषणा गरिसकेको छ । कार्यदिशा र निर्वाचन लगाएत विषयलाई लिएर नेत्र विक्रम चन्द नेतृत्वको नेकपाबाट विभाजन भएर उनले केही दिन अघि मात्र पार्टी पुनर्गठन गरेका थिए । गत वैशाख २१ गते विप्लवलाई महासचिवबाट हटाएर नेकपा बहुमतका संयोजकमा बास्तोला अनुमोदित भएका हुन ।

उनी घर हुँदै शुक्रबार कोहलपुरमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षण कार्यक्रममा सहभागी हुने तय भएको थियो । हिजाे मात्रै विप्लव समूह निकट एक अनलाइनले बुटवलमा भएको बम बिस्पाेटमा नेकपा बहुमतकाे पर्चा भेटिएकाे जस्ता नियाेजित र भ्रमाक समाचार सम्प्रेषण गरेको थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार