राजनीति
ओली सरकारसंग ३ बुदे सहमति गरेर संसदिय प्रणालि अन्तर्गतको स्थानीय तहकाे चुनावमा भाग लिदै संसदिय अभ्यासमा प्रवेश गरेकाे नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्नबाट बन्चित भएका छन् ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने तयारी गरेका उनले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न नपाएकाे विप्लवका पुर्व स्वकीय सचिव असल क्षेत्रीले जानकारी दिए ।
माओवादीमा अलग भएपछि निर्वाचन बहिस्कार गर्दै आएका विप्लव यसपटक भने मतदान गर्न भन्दै कपिलवस्तु आइपुगेका हुन् ।मतदान गर्न नपाएपछि उनी मतदान केन्द्रबाट बाहिरिएको बताईएको छ ।
देशभर शुक्रबार स्थानीय तह निर्वाचन भइरहेको छ ।
स्मरणीय रहाेस नेकपाकाे १२ औ केन्द्रीय समितिकाे बैठकले पार्टी चुनावमा भाग नलिने र स्वतन्त्र राष्ट्रवादी एमसिसी बिराेधी उम्मेदवारलाई सहयाेग गर्न सकिने निर्णय गरेकाे थियाे । तर पार्टी गरेकाे निर्णयकाे मसि सुक्न नपाउदै चितवनमा भएको राष्ट्रिय प्रशिक्षणमा नेताहरु आफैले गरेको निर्णय बिरुद्ध बाेल्न सुरु गरेका थिए ।
काठमाडौं आयर पार्टी दर्ता गर्न महासचिव विप्लवले नै प्रवक्ता प्रकाण्डलाइ सुटुक्क निर्वाचन आयाेग पठाएका थिए भने मिडियाले पिछा गरेपछि उक्त कुरा सार्वजनिक भएको थियाे ।
यस्तै विप्लव प्रकाण्डले चुनाव सार्न र पार्टीलाई चुनावमा जाने बाताबरण गराउन राष्ट्रपति विद्या भण्डारी प्रधानमन्त्री लगायतका उच्चस्तरीय भेट गरेका थिए तर विप्लवकाे कुरामा टेरपुच्छर नलागेपछि चुनावकाे पक्षमा खुलेआम अपिल गर्ने चुनावी सभा गर्ने जस्ता पार्टी निर्णय बिराेधी गतिविधि स्वयम् विप्लव प्रकाण्डले गर्दै आएका थिए । केही दिन अघि नेकपाले बिशेष राष्ट्रिय भेला गरेर विप्लव प्रकाण्डलाइ कार्वाही गर्दै नेकपा पुनर्गठन गरेकाे थियाे ।
यस्तै अघिल्लो स्थानीय निर्वाचन बहिस्कार गरेकाे तत्कालीन नेकपाले कालिकोट काे माल्काेटमा राप्रपाका वडाध्यक्षका उम्मेदवार धनरुप बटालालाइ प्रयाेग गरेर मतपेटिका जलाउन सफल भएको थियोे भने धनरुप बटालाकाे प्रहरीकाे गाेलि लागि ज्यान गएको थियोे ।
संसदीय व्यवस्था बिरुद्ध एकिकृत जनक्रान्तिकाे बाटो लिएकाे विप्लव समूह बनेपश्चात १२ जनाकाे अनाहक ज्यान गयाे भने कयौंले जेलनेल भाेगे अन्ततः विप्लवकाे यात्रा संसदीय संसदवादमा भासिन पुगेको उनिसग भखरै छुटेका नेताहरु बताउछ ।