logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

स्थानीय चुनाव : देश तनावग्रस्त, रुकुममा खत्रीकाे ज्यान गयाे


  • राजनीति
  • शुक्रबार, बैशाख ३० २०७९

आज देशभर भएको स्थानीय चुनावमा व्यापक झडप भएको छ देश नै तनावग्रस्त देखिएकाे छ भने पश्चिम रुकुममा माओवादी कार्यकर्ता र कांग्रेसका कार्यकर्ता बिच झडप हुदा एक जना माओवादी समर्थककाे ज्यान गएको छ ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले बाफिकाेट ७ पश्चिम रुकुकमा मतदाता तेज खत्रीकाे मृत्युु भएको पुष्टि गरेकि छन् । नेता केसीले सामाजिक सञ्जाल फेसबुकमा घटनाबारे सेयर गर्दै अर्थमन्त्री जनार्दन शर्माले मृतक खत्री भेटेकाे फाेटाे राख्दै कांग्रेसी गुन्डागर्दीले घटना भएको दावी गर्दै आफ्ना नेता कार्यकर्तालाई धैर्य हुन अपिल गरेकि छन् ।

यस्तै देशभरका विभिन्न जिल्लामा झडप हुँदा ३० ठाउँमा मतदान अवरुद्ध भएको छ ।

झडपका कारण मतदान अवरुद्ध भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णु कुमार केसीले बताए ।

उनले देशभरमा विभिन्न ठाउँमा झडप भए पनि शान्ति सुरक्षालाई प्रभाव पार्ने किसिमका झडप नभएको बताए ।

‘अहिलेसम्म १२ ठाउँमा गोली चलाएर झडप नियन्त्रण गर्नु परेको छ । बढी जोखिम भएका ठाउँमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ,’ उनले भने ।

देशभरका विभिन्न मतदान केन्द्रमा मतपेटिका तोडफोड भएका छन् । त्यस्तै राजनीतिक दलका कार्यकर्ताहरु घाइते भएका छन् । यस अवधिमा प्रहरीले हवाई फायरसमेत गर्नुपरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार