logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कालिकोटमा पनि विप्लव प्रकाण्डकाे बिजाेग !


  • राजनीति
  • आइतबार, जेष्ठ १ २०७९

पार्टी फुटाउन तयार भए तर चुनावमा जाने हुटहुटीले छाेडेन खडक बहादुर बिश्वकर्मा प्रकाण्डलाई । पार्टीको केन्द्रीय समितिकाे बैठक पुर्व नै चुनाव सम्बन्धि बिवादास्पद अभिव्यक्ति दिएर चाैतर्फी आलोचना पाएका विप्लव समुहका प्रवक्ता प्रकाण्ड अहिले गृह जिल्ला कालिकोटमा छन् । स्थानीय चुनावमा जिल्लाका सबै पालिका तथा केही वडामा समेत उम्मेदवारी दिन लगाएका प्रकाण्डकाे गृह जिल्लामा पनि विप्लवकाे अवस्था नाजुक देखिएकाे छ ।

पार्टी केन्द्रकाे निर्णय बिपरित चुनावकाे लागि ज्यान फालेर जिवनमरणकाे लडाइ बनाएका प्रकाण्ड पार्टी बैठक लगत्तै काठमाडौ आएर ३ दिनभित्र कालिकोट पुगेका थिए । कालिकोटमा उनले जिल्ला का नरहरिनाथ गाउपालिका मा आफ्ना बिस्वासपात्र तथा केन्द्रीय सदस्य एटम बिसिलाइ अध्यक्ष र उपाध्यक्षमा आफ्नी बुहारी कलसा बिकलाइ उठाए, तर चर्काे आलाेचना पछि बुहारीकाे ठाउँमा बैसाख १८ गते सहिद पत्नि कासिपुरा शाही राधिकालाइ दिए । भने आफुले जित्ने भनिएका नरहरिनाथ अन्तर्गतका ४ वडा वडा क्रमश १, ४,५ र ६ मा नेपाली कांग्रेसका मान्छेलाई स्वतन्त्र बनाएर उम्मेदवार उठाए पालिकामा एटमलाइ जिताउने सर्तमा । यसाे त प्रकाण्डले जिल्ला स्तरमा नरहरीनाथका लागि नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाही, कालिबहादुर सहकारीसंग छलफल गरेका थिए यस्तै राष्काेटका लागि नेकपा एमाले अध्यक्ष नेस्नल शाहीसंग छलफल गरेका थिए राष्काेटमा नेता शाही तयार भय तर फिल्डमा कार्यकर्ताले नमानेपछि प्रकाण्डले भने अनुसार हुन सकेन् ।

यस्तै तिलागुफामा आफ्ना ज्वाइँ उठाए तर नरहरिनाथ, राष्काेट र पचालझरना जिताउन कांग्रेस र एमालेसंग छलफल पश्चात् उम्मेदवारी फिर्ता गरे । कांग्रेस एमालेबाट बिस्वस्त नभएका प्रकाण्ड २८ गते नेकपा माओवादी केन्द्रकाे सरणमा पुगे ।

राष्काेटमा निबर्तमान मुख्यमन्त्री महेन्द्र बहादुर शाहीसंग नेता भरत बम साथ लियर ३ घन्टा छलफल गरे र नरहरिनाथ र राष्काेट आफ्नाे पार्टीलाई छाेड्न भने शाहीले उक्त प्रस्ताव ठाडै अस्विकार गरेकाे स्राेतकाे दावी छ । राष्काेट नभएपनि नरहरिनाथ दिन पुन प्रस्ताव गर्दापनि अस्विकार भएपछि प्रकाण्ड पुन कांग्रेस एमालेसँग छलफलमा जुटेकाे स्राेतले बतायाे ।

यसैबिच चुनावपछि अहिले राष्काेट र पचालझरना बाहेक जिल्लाका सबै निकायमा मत गणना भइरहेकाे छ । राष्काेटकाे सिम्नाथ मतदान केन्द्र र पचालझरनाकाे खार्दु मतदान केन्द्रमा चुनाव स्थगित भएको थियाे भने उक्त केन्द्रमा अहिले मतदान चलिरहेकाे छ । प्राप्त विवरण अनुसार अहिलेसम्म नरहरिनाथका १ मा कांग्रेस कार्यकर्ता तथा विप्लव प्रकाण्डका प्रतिनिधि शेरबहादुर बिस्टलाई पराजित गर्दै माओवादी केन्द्रका निर्माण बिष्ट बिजयी भएका छन् । याे वडा नेकपा विप्लव समुहका केन्द्रीय सदस्य तथा पुर्व स्थानीय विकास राज्यमन्त्री नवीन बिश्वकर्मा हितमानकाे र विप्लवका केन्द्रीय सदस्य डण्ड बिक बलमानकाे हाे यस्तै वडा नं , ४ मा पनि कांग्रेस कार्यकर्ता तथा विप्लवका उम्मेदवार विन्दमान बाेगटी पराजित भएका छन् । याे वडा विप्लवका स्वकिय सचिव अडिक बाेगटी, विप्लव का धादिङ सेक्रेटरी कुशल बाेगटी र सुर्खेत सेक्रेटरी धुब्र बाेगटीकाे गृह वडा हाे ।

यस्तै प्रकाण्डकाे पुर्व गाविस माल्काेट हाल ७ मा नम्बर वडामा नेपाली कांग्रेसका खाम्म बहादुर बटालाले बाजि मारेकाे छ भने अहिलेसम्म नरहरिनाथ गाउँ पालिकामा १०१३ मत सहित कांग्रेस पहिलाे ८२६ मत सहित माओवादी केन्द्र दाेस्राे र ७३८ मतसहित एमाले तेस्राे स्थानमा छ । यस्तै प्रकाण्डका बिस्वास पात्र एटम बिसी ले करिब ४५ सय मत गन्दा ४०१ मत प्राप्त गरेका छन् ।

यस्तै जिल्लाका शान्नित्रिवेणीमा विप्लवका रुपसिहं बाेहाेरा छन त्यहा उनी आठाै स्थानमा छन् । पहिलो संविधान सभाकाे सदस्य बनेकि विप्लव केन्द्रीय सदस्य धिरिन्द्रा उपाध्याय राष्काेटकाे मेयरमा लडेकि छिन् जनस्तरबाट सांसदकाे गरिमासमेत कायम गर्न नसकेकाे भन्दै उनकाे व्यापक आलाेचना भएकाे छ ।

यस्तै विप्लवकाे गृह जिल्ला राेल्पा हाल कपिलवस्तु काे शिवनगरमा पनि लज्जास्पद हार बेहर्नु परेकाे छ । विप्लवकाे घर भएको शिवनगरमा राप्रपाले जित हात पारेकाे छ ।

नेता सन्ताेष बुढामगरकाे जन्मथलाे मानिएकाे थवाङ्गमा साथै पार्टी निर्णय विपरीत देशव्यापी उम्मेदवार उठाएका विप्लव प्रकाण्डले अहिलेसम्म भने कुनै ठाउँमा तेस्राे वा चाैथाे स्थानसम्म पनि आएकाे देखिदैन । पार्टी फुटउन तया तर चुनावमा जानैपर्छ भन्न विप्लव प्रकाण्डले चुनावमा भएको सर्वत्र हारपछि के गर्लान् चासोको बिषय बनेको छ ।

स्मरणीय रहाेस विप्लव समूह बनेपछि एकीकृत जनक्रान्तिकाे नाममा १२ जना निहत्था कार्यकर्ताले ज्यान गुमाइसकेका छन भने चुनाव उपयाेगकाे निती लिए पश्चात् ३० गते उदयपुरमा २१ बर्षिय युवा नविनकाे ज्यान गएपछि कुनै उपलब्धि बिना अनाहक क्षति भएको भन्दै चाैतर्फि विप्लव प्रकाण्डबिरुद्ध आलोचना भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार