logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

पुर्वमन्त्री पद्माका पति वडा सदस्यमा पराजित !


  • राजनीति
  • आइतबार, जेष्ठ १ २०७९

नेकपा एमालेको सचिव पद्मा अर्यालका पति लक्ष्मीपति पौडेल वडा सदस्य पदमा पराजित भएका छन् ।

स्याङ्जाको वालिङ नगरपालिकाको वडा नम्बर १ मा पौडेल एमालेबाट खुला सदस्यको उम्मेदवार बनेका थिए । उनलाई कांग्रेसका सम्भव अर्यालले पराजित गरेका हुन् ।

‘चुनाबमा गएपछि हार–जित भैहाल्छ । जितेको अवस्थामा जनताकै काम गर्ने हो,’ पराजित भएपछि पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हारेको अवस्थामा जितेकालाई जनताको काम गर्न लगाउने हो । सबै साथीहरु धैर्य बनौं ।’

वडा १ मा १८३४ मत खसेको थियो । विजयी अर्यालले १ हजार ११२ मत ल्याएका छन् । पराजित पौडेलले ६४५ मत पाए ।

वालिङको १ र २ वडामा कांग्रेसको प्यानल नै विजयी भएको छ । वडा नम्बर ३ मा भने एमालेका उम्मेदवार विजयी भएका छन् ।

वालिङ नगरपालिकाको मेयरका लागि कांग्रेसबाट दिलीपप्रताप खाँण र एमालेबाट कृष्ण खाँण प्रतिस्पर्धामा छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार