राजनीति
पार्टी फुटायर चुनावमा गएका प्रकाण्डकाे आफ्नै गृह जिल्लामा समेत नाजुक अवस्था भएको छ । पार्टीको केन्द्रीय समितिकाे बैठक पुर्व नै चुनावमा सबै पार्टी एक हुदा पनि कालिकाेटमा एक्लै जित्छु भनेका प्रकाण्डले आफ्नै वडामा लज्जास्पद हार बेहोरेका छन् । चुनावलाई प्रतिष्ठा र जिवनमरणकाे बिषय बनाएका विप्लव समुहका प्रवक्ता प्रकाण्ड अहिले गृह जिल्ला कालिकोटमा छन् । स्थानीय चुनावमा जिल्लाका सबै पालिका तथा केही वडामा समेत उम्मेदवारी दिन लगाएका प्रकाण्डकाे गृह जिल्लामा पनि विप्लवकाे अवस्था नाजुक देखिनुले विप्लव प्रकाण्ड समुहकाे खस्किदाे चित्र जनता सामु आएकाे र चुनावमा उनिहरुलाई जनताले कुनै स्थान नदिएकाे बुझिएकाे छ ।
साविककाे माल्काेट अर्थात प्रकाण्डकाे वडामा नेकपा माओवादी केन्द्रले सानदार जित हात पारेकाे छ । प्रकाण्डका उम्मेदवार कट बिक ( अखडा) लाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका पाैरख बिक (बिन) ले ३३६ मत प्राप्त गरि जित हासिल गरेका छन् । अखडाले जम्मा २०० क्रस मत प्राप्त गरे ।
पार्टी केन्द्रकाे निर्णय बिपरित चुनावकाे लागि ज्यान फालेर जिवनमरणकाे लडाइ बनाएका प्रकाण्ड पार्टी बैठक लगत्तै काठमाडौ आएर ३ दिनभित्र कालिकोट पुगेका थिए । कालिकोटमा उनले जिल्ला का नरहरिनाथ गाउपालिका मा आफ्ना बिस्वासपात्र तथा केन्द्रीय सदस्य एटम बिसिलाइ अध्यक्ष र उपाध्यक्षमा आफ्नी बुहारी कलसा बिकलाइ उठाए, तर चर्काे आलाेचना पछि बुहारीकाे ठाउँमा बैसाख १८ गते सहिद पत्नि कासिपुरा शाही राधिकालाइ दिए । भने आफुले जित्ने भनिएका नरहरिनाथ अन्तर्गतका ४ वडा वडा क्रमश १, ४,५,६,७ मा नेपाली कांग्रेसका मान्छेलाई स्वतन्त्र बनाएर उमर उठाए पालिकामा एटमलाइ जिताउने सर्तमा । यसाे त प्रकाण्डले जिल्ला स्तरमा नरहरीनाथका लागि नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाही, कालिबहादुर सहकारीसंग छलफल गरेका थिए यस्तै राष्काेटका लागि नेकपा एमाले अध्यक्ष नेस्नल शाहीसंग छलफल गरेका थिए राष्काेटमा नेता शाही तयार भय तर फिल्डमा कार्यकर्ताले नमानेपछि प्रकाण्डले भने अनुसार हुन सकेन् ।
नरहरिनाथकाे पछिल्लो मत परिणाम अनुसार अब २ मात्र बाकि छ अरु सबै वडामा मत परिणाम आइसकेकाे छ । जस अनुसार वडा न क्रमश १ माओवादी केन्द्रका जगत बिष्ट ले ३५१ मत ले बिजयी बने भने विप्लवका शेरबहादुर बिष्ट २०० मत पाए ३ न वडामा माओवादी कै कटक बुढा ५०३ मत प्राप्तगरी बिजयी बने भने विप्लवका गणेश बुढाले ११ मत पाए जुन वडा प्रकाण्डका विस्वास पात्र तथा उम्मेदवार एटम बिसीकाे हाे । ४ मा एमालेका नन्दराम सहकारीले ३६६ मत ले जिते भने विप्लवका बिन्दमान सहकारीले २०० मत क्रस गरे ५ मा माओवादी कै स्वतन्त्र उम्मेदवार मान बहादुर सहकारी जिवनले बिजय प्राप्त गरे यस्तै वडा न ६ विप्लव प्रवक्ता प्रकाण्डकाे वडा हाे त्यहा माओवादी का पाैरख बिक (बिन) ले ३३६ मतसहित सान्दार बिजय हासिल गरे त्यहा प्रकाण्डका बिस्वास पात्र कट बिक (अखडा) ले २०० मत क्रस गरे । वडा न ९ मा एमालेका प्रदिप बाेहाेराले ४४२ मतले जिते भने विप्लवका नाैले बिक सागरले ७ मत प्राप्त गरे यस्तै वडा न ८ मा माओवादी का लालबहादुर बिष्टले ४८८ मतका साथ जिते भने विप्लवका जगदिश याेगिले २८ मत मात्रै पाए यस्तै वडा न ७ जुन साविककाे माल्काेट प्रकाण्डकाे तत्कालीन गाबिस हाे कांग्रेसका खाम्मा ले ३९३ मतले बियजी भए भने विप्लवका विशाल बिकले १२ मत प्राप्त गरे ।
हाल २ नम्बर वडाकाे मत गणना भइरहेकाे छ अहिलेसम्म कांग्रेसका नगेन्द्र बिष्ट २१५६ गठबन्धनका धिरबहादुर। बिष्ट २२४४ एमालेका उम्मेदवार १८०० र विप्लवबाट प्रकाण्डका बिस्वास पात्र मानिने एटम बिसिले ९ सय मत प्राप्त गरेका छन् ।
पार्टी नै फुट्दा समेत निर्वाचनमा हाम फलेका नेकपाका महासचिव नेत्र बिक्रम चन्द विप्लवले पनि आफ्नै घर रहेको कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा पनि हार ब्यहोरेकाछन । नेकपा माओवादी केन्द्रका उम्मेदवार प्यानलसहित नै निर्वाचित भएका छन् । वडा नम्बर ९ को अध्यक्षमा माओवादी केन्द्रका राम गोपाल चौधरी (थारु) ले ७ सय ८२ मत ल्याएर निर्वाचित भएका हुन । थारुका प्रतिस्पर्धी नेकपा एमालेका अशोक मल्लले ५ सय ५६ मत प्राप्त गरे ।
सो वडामा विप्लव नेतृत्वको नेकपाबाट स्वतन्त्र उम्मेदवारी दिई पुतली चुनाव चिह्नबाट माल बहादुर घर्तिमगरले प्रतिस्पर्धा गरेका थिए । उनले ५ सय १७ मत प्राप्त गरी तेस्रो भए ।
वडा सदस्य तर्फ माओवादी केन्द्रका जोख बहादुर पुन र राम नरेश थारुले निर्वाचन जित्दा विप्लवका स्वतन्त्र उम्मेदवार रमेश चौधरी र विजयविक्रम शाह तेस्रो भए ।
त्यसैगरी माओबादी केन्द्रकी लक्ष्मी भट्टराईले महिला सदस्य जित्दा विप्लव नेतृत्वको नेकपाकी स्वतन्त्र उम्मेदवार सविता कुमारी घर्ति दोस्रो बनिन् ।
दलित महिला सदस्य तर्फ माओवादी केन्द्रकै सरिता विकले चुनाव जित्दा एमालेकी फुलमाया सुनार दोस्रो र नेकपाकी स्वतन्त्र उम्मेदवार शान्ति दमाई तेस्रो भइन् ।
शिवराज नगरपालिकामा विप्लव नेतृत्वको नेकपाबाट भेषराज भुसालले नगर प्रमुख पदमा उम्मेदवार छन् । सोही वडाको शिवगढीस्थित भगवानपुरमा नेत्र विक्रम चन्द (विप्लव) को घर र पार्टी केन्द्रीय कार्यालय समेत छ ।
२०७४ को स्थानीय तहको निर्वाचनमा सो वडा माओवादीले जितेको थियो ।