राजनीति
पार्टी फुटायर चुनावमा गएका प्रकाण्डकाे आफ्नै जिल्लामा बिजाेग भएको छ । पार्टीको केन्द्रीय समितिकाे बैठक पुर्व नै चुनावमा सबै पार्टी एक हुदा पनि कालिकाेटमा एक्लै जित्छु भनेका प्रकाण्डले आफ्नै वडामा लज्जास्पद हार बेहोरेका छन् । चुनावलाई प्रतिष्ठा र जिवनमरणकाे बिषय बनाएका विप्लव समुहका प्रवक्ता प्रकाण्ड अहिले गृह जिल्ला कालिकोटमा छन् । स्थानीय चुनावमा जिल्लाका सबै पालिका तथा केही वडामा समेत उम्मेदवारी दिन लगाएका प्रकाण्डकाे गृह जिल्लामा पनि विप्लवकाे अवस्था नाजुक देखिनुले विप्लव प्रकाण्ड समुहकाे खस्किदाे चित्र जनता सामु आएकाे र चुनावमा उनिहरुलाई जनताले कुनै स्थान नदिएकाे बुझिएकाे छ ।
सेरापाटा मतदान केन्द्रमा सबैभन्दा पहिला मतदान प्रक्रियामा सहभागी हुन परिवारसहित पुगेका प्रकाण्डले मतदाता नामावली नै नभएपछि मत हाल्न पाएनन् सर्वदलीय सहमतिका लागि निकै प्रयास गरेपनि माओवादी केन्द्र सहमत हुन नसकेपछि उहीँ सहित विद्यार्थी उपाध्यक्ष तथा छाेरा नरेन्द्र बिक श्रिमति सहित मतदान केन्द्रबाट बाहिरिएका थिए ।
मतदान सकिय पश्चात् गणना सुरु हुदा साविककाे माल्काेट अर्थात प्रकाण्डकाे वडामा नेकपा माओवादी केन्द्रले सानदार जित हात पारेकाे छ । प्रकाण्डका उम्मेदवार कट बिक ( अखडा) लाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका पाैरख बिक (बिन) ले ३३६ मत प्राप्त गरि जित हासिल गरेका छन् । अखडाले जम्मा २०० क्रस मत प्राप्त गरे ।
पार्टी केन्द्रकाे निर्णय बिपरित चुनावकाे लागि ज्यान फालेर जिवनमरणकाे लडाइ बनाएका प्रकाण्ड पार्टी बैठक लगत्तै काठमाडौ आएर ३ दिनभित्र कालिकोट पुगेका थिए । कालिकोटमा उनले जिल्ला का नरहरिनाथ गाउपालिका मा आफ्ना बिस्वासपात्र तथा केन्द्रीय सदस्य एटम बिसिलाइ अध्यक्ष र उपाध्यक्षमा आफ्नी बुहारी कलसा बिकलाइ उठाए, तर चर्काे आलाेचना पछि बुहारीकाे ठाउँमा बैसाख १८ गते सहिद पत्नि कासिपुरा शाही राधिकालाइ दिए । भने आफुले जित्ने भनिएका नरहरिनाथ अन्तर्गतका ४ वडा वडा क्रमश १, ४,५,६,७ मा नेपाली कांग्रेसका मान्छेलाई स्वतन्त्र बनाएर उमर उठाए पालिकामा एटमलाइ जिताउने सर्तमा । यसाे त प्रकाण्डले जिल्ला स्तरमा नरहरीनाथका लागि नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाही, कालिबहादुर सहकारीसंग छलफल गरेका थिए यस्तै राष्काेटका लागि नेकपा एमाले अध्यक्ष नेस्नल शाहीसंग छलफल गरेका थिए राष्काेटमा नेता शाही तयार भय तर फिल्डमा कार्यकर्ताले नमानेपछि प्रकाण्डले भने अनुसार हुन सकेन् ।
नरहरिनाथकाे पछिल्लो मत परिणाम अनुसार अब २ मात्र बाकि छ अरु सबै वडामा मत परिणाम आइसकेकाे छ । जस अनुसार वडा न क्रमश १ माओवादी केन्द्रका जगत बिष्ट ले ३५१ मत ले बिजयी बने भने विप्लवका शेरबहादुर बिष्ट २०० मत पाए ३ न वडामा माओवादी कै कटक बुढा ५०३ मत प्राप्तगरी बिजयी बने भने विप्लवका गणेश बुढाले ११ मत पाए जुन वडा प्रकाण्डका विस्वास पात्र तथा उम्मेदवार एटम बिसीकाे हाे । ४ मा एमालेका नन्दराम सहकारीले ३६६ मत ले जिते भने विप्लवका बिन्दमान सहकारीले २०० मत क्रस गरे ५ मा माओवादी कै स्वतन्त्र उम्मेदवार मान बहादुर सहकारी जिवनले बिजय प्राप्त गरे यस्तै वडा न ६ विप्लव प्रवक्ता प्रकाण्डकाे वडा हाे त्यहा माओवादी का पाैरख बिक (बिन) ले ३३६ मतसहित सान्दार बिजय हासिल गरे त्यहा प्रकाण्डका बिस्वास पात्र कट बिक (अखडा) ले २०० मत क्रस गरे । वडा न ९ मा एमालेका प्रदिप बाेहाेराले ४४२ मतले जिते भने विप्लवका नाैले बिक सागरले ७ मत प्राप्त गरे यस्तै वडा न ८ मा माओवादी का लालबहादुर बिष्टले ४८८ मतका साथ जिते भने विप्लवका जगदिश याेगिले २८ मत मात्रै पाए यस्तै वडा न ७ जुन साविककाे माल्काेट प्रकाण्डकाे तत्कालीन गाबिस हाे कांग्रेसका खाम्मा ले ३९३ मतले बियजी भए भने विप्लवका विशाल बिकले १२ मत प्राप्त गरे ।
हाल २ नम्बर वडाकाे मत गणना भइरहेकाे छ अहिलेसम्म कांग्रेसका नगेन्द्र बिष्ट २१५६ गठबन्धनका धिरबहादुर।बिष्ट २२४४ एमालेका उम्मेदवार १८०० र विप्लवबाट प्रकाण्डका बिस्वास पात्र एटम बिसिले ९ सय मत प्राप्त गरेका छन् ।