logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

एसपिपी सम्झाैता राेक्छाै : ओली


  • राजनीति
  • बिहिबार, असार २ २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम एसपीपी सम्झौता रोक्न नेतृत्व गरेको बताएका छन् । स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागि भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा जारी प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अहिले मौका छोपेर वाह्य सेना उपस्थिति गराउने खालका सम्झौता गर्न खोजिएको उनको भनाइ छ । ‘त्यसको सम्बन्धमा हाम्रो पार्टीले बोलिरहेको छ । हाम्रा जनसंगठन मैदानमा उत्रिराखेका छन् । हाम्रा सांसद संसदमा प्रश्न उठाइ राखेका छन् । यस्ता कुराहरूको विरोध गरिरहेका छन्,’ उनले भने ।

देशविरुद्ध कुनै पनि काम कारबाही खडा हुन नपाउन भन्ने कुराको आफूहरु सजक रहेको ओलीले बताए । उनले यस्ता सम्झाैता बिरुद्ध बाेल्न पनि अपिल गरेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार