logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

मध्यरात राष्ट्रपति भण्डारी र ओलीबिच गाेप्य भेट


  • राजनीति
  • शुक्रबार, असार ३ २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । राष्ट्रपति र पूर्वप्रधानमन्त्रीबीच हिजो राति दुई घण्टा शिष्टाचार भेट भएको हो ।

राष्ट्रपति र पूर्वप्रधानमन्त्री ओलीबीच भएको भेटघाट र छलफलको औपचारिक जानकारी दिइएको छैन । बुझिएअनुसार अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौताबारे शीतल निवासले पनि चासो देखाएको छ ।

राष्ट्रपतिले हिजो दिउँसो प्रधानसेनापति प्रभुराम शर्मासँग पनि भेटघाट गरेकि थिइन् । त्यसपछि उनलाई भेट्न अध्यक्ष ओली शीतल निवास पुगेका थिए ।

यता, स्थानीय चुनावपछि तुल्तात्मक रुपमा फुर्सदिलो भएका अध्यक्ष ओलीले विभिन्न पक्षसँग भेटवार्ता गरिहरेका छन । हिजै शीतल निवास निस्कनुअघि उनले बालकोटस्थित आफ्नै निवासमा पूर्वमाओवादी नेता प्रभु साहसँग तीन घण्टा लामो छलफल गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार