logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

भु माफियाकाे ९६ राेपनी जग्गा नेकपा (बहुमत) कास्कीद्धारा कब्जा


  • राजनीति
  • शनिबार, असार ४ २०७९

पाेखरा । महानगरपालिका २१ फोक्सिङ्ग, पोख्रेलथोकमा रहेको करीब ९६ रोपनी जग्गा जालसाँचि गर्दै भू- माफियाले आफ्नो कब्जामा बनाएकोले बिवादीत जग्गा भन्दै नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ) ले कब्जा गरेको छ ।

वास्तविक किसानको समस्या समाधान नहुन्जेलसम्म उत्त जग्गा बिक्री बितरण तथा कुनै कामकार्य नगर्न सुचित सहित तत्कालिन गा.वि.स र विन प्रा.ली विच २०५७ भदौ २६ मा भएको सम्झौता निर्धारित समयमा कार्यन्वयन नभएको भन्दै उत्त सम्झौता खारेज गर्न अपिल गर्दै जग्गा कब्जा गरीएको उत्त पार्टीले जनाएको छ ।

साविक निर्मलपोखरी गा.वि.स वडा न ६ फोक्सिङ्ग हाल पोखरा २१ पोख्रेलथोकमा रहेको उत्त जग्गामा तत्कालिन गा.वि.स, सम्बन्धित जग्गादाता र विन प्रा.ली विच १४ बुँदामा त्रिपक्षिय सम्झौता भएको थियो । सम्झौता अनुरुप विन प्राईभेट लिमिटेडले जैविक कृषि फर्म, रिसोर्ट र अन्तर्राष्ट्रियस्तरको बिद्यालय स्थापना गर्ने भनि सम्झौता गरीएको थियो । साथै उत्त सम्झौता अनुरुप विन प्राइभेट लिमिटेडले आफ्नो कार्य पाँच बर्षसम्म सञ्चालन नगरेमा हाल उत्त कम्पनीले लिएको मुल्यमा नै जग्गा दाताहरुलाई फिर्ता गर्ने कुरामा सहमति सम्झौता भएको थियो । सहमति सम्झौता अनुसार उत्त कम्पनिले २१ बर्षसम्म कुनैपनि कार्य गरेको छैन ।

यसरी उत्त जग्गा नियन्त्रणमा लिएको नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ) ले पाँच बुँदे अपिल सहित आफ्नो पार्टीले जग्गा नियन्त्रण गरेको पर्चा सहित जग्गामा बोर्ड खाडेको छ ।
हेर्नुस् यस्ता छन् कारण

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार