logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

नेकपा (बहुमत) निकट महिला संगठनकाे अध्यक्षमा तामाङ निर्वाचित, हेर्नुस् नामसहित


  • राजनीति
  • शनिबार, असार ४ २०७९

अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको नाम परिवर्तन गर्दै बुटवलमा सम्पन्न विशेष राष्ट्रिय भेलाले अञ्जना तामाङलाई अध्यक्ष चयन गरेको छ । नेकपा (बहुमत) निकट महिला सङ्गठनको नाउँ अब अखिल नेपाल महिला सङ्गठन भएको छ ।

विशेष राष्ट्रिय भेला शुक्रबार बुटवलमा सम्पन्न भएको थियो । भेलाको उद्घाटन नेकपा (बहुमत) का संयोजक कञ्चनले गरेका थिए ।

भेलाले सङ्गठनको उपाध्यक्षमा पार्वती सिंह, महासचिवमा रेखा खनाल, सचिवमा क्रान्ति पाण्डे, कोषाध्यक्षमा भक्तिमाया मगर रहेको २७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

देशैभरिबाट उपस्थित प्रतिनिधि/पर्यवेक्षकबाट तीन सदस्यीय अध्यक्षमण्डल निर्माण गरिएको थियो । बन्द सत्रको अध्यक्षता रेखा चौहानले गरेकी थिइन् । अध्यक्षमण्डलकी सदस्य पवित्रा शाहीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार