logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नेकपाका नेता द्धारा प्रदेश सचिवको जिम्मेवारी अस्विकार


  • राजनीति
  • शनिबार, असोज ६ २०७५

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता मायाप्रसाद शर्माले कर्णाली प्रदेशको सचिव पद अस्वीकार गरेका छन् । नेकपाको शुक्रबार विहान बसेको सचिवालय बैठकले शर्मालाई कर्णाली प्रदेशको सचिवको जिम्मेवारी दिएको थियो । तर, सचिवको जिम्मेवारी पाए लगत्तै उनले सामाजिक संजाल फेसबुकमार्फत सचिव पदमा नरहने जानकारी गराएका हुन् ।
‘नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालयले नियुक्त गरेको भनिएको कर्णाली प्रदेशको सचिव पदमा नरहने कुराको जानकारी गराउँछु ।’ उनले फेसबुकमा लेखेका छन् । फेसबुकमार्फत सचिवमा नरहने कुरा जानकारी गराए लगत्तै नेता शर्माले मोवाइलसमेत स्वीच अफ गरेका छन् ।

उनका निकटस्थका अनुसार पोर्टफोलियो नमिलेका कारण उनले सचिव पद अस्वीकार गरेका हुन् । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले जे भन्यो त्यही हुने भन्दै शर्माले आपत्ति जनाएको एक नेताले बताए ।

नेता शर्मा रामबहादुर थापा बादलसँगै पूर्वमाओवादी केन्द्रमा एकतामा आएका नेता हुन् ।

https://m.facebook.com/story.php?story_fbid=2177400615865907&id=100007879680732

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार