logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

माओवादी केन्द्र पाल्पाको संयोजकमा राजेन्द्र


  • राजनीति
  • बुधबार, साउन २५ २०७९

नेकपा माओवादी (केन्द्र) पाल्पाको जिल्ला संयोजकमा राजेन्द्र विश्वकर्मा चयन भएका छन् । माओवादी केन्द्रको लुम्बिनी प्रदेश स्तरीय बैंठकले विश्वकर्मालाई जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरेको हो ।

जिल्ला कमिटीको तर्फबाट सिफरिस भएका विश्वकर्मालाई पार्टीले सर्वसम्वत रुपमा संयोजकको जिम्मेवारी प्रदान गरेको हो । जिल्ला संयोजकको जिम्मेवारी पाएसंगै पार्टीको संगठनात्मक विकास र विस्तारमा लागि पर्ने विश्वकर्माले बताए ।

नेकपा माओवादी केन्द्र भित्र इमानदार नेताको छवि बनाएका बिश्वकर्मा जनयुद्धकालमा पटक पटक जेल हिरासत र यातना समेत भोगेका नेता हुन । उनलाई २०६२ मा तत्कालीन सरकारले गिरफ्तार गरि केही समय वेपत्ता समेत पारेको थियो ।

माओवादी केन्द्रको यसअघि जिल्ला संयोजकको जिम्मेवारी नेत्रप्रसाद पाण्डेयले सम्हालेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार