logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

यी हुन महासचिव सहित प्रचण्डका २१ पदाधिकारी !


  • राजनीति
  • शनिबार, भाद्र ४ २०७९

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको महासचिव पदका लागि लामो समयदेखि जारी खिचातानी अन्त्य गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता देव गुरुङलाई रोजेका छन् ।

महाधिवेशन सम्पन्न भएको करिब नौ महिना बितिसक्दा पनि आकांक्षीद्वय वर्षमान पुन अनन्त र जनार्दन शर्मा प्रभाकारबीच सहमति जुट्न नसकेपछि त्यसको विकल्पमा गुरुङलाई महासचिवको जिम्मेवारी दिने निष्कर्षमा प्रचण्ड पुगेका हुन् । तर, यसमा प्रचण्डको चाहना मात्रै नभएर स्थायी कमिटीले तय गरेको पछिल्लो मापदण्डका कारण गुरुङ महासचिव बनेका हुन् ।

पार्टी कार्यालय, पेरिसडाँडामा शनिबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले गुरुङलाई महासचिव प्रस्ताव गरे । उनले अरु दाबेदारलाई उपमहासचिवमा व्यवस्थापन गरेका छन् । गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादव उपमहासचिव भएका छन् ।

प्रचण्डको पूर्व घोषणाअनुसार नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष भए । उपाध्यक्षमा ल्याउने भनिएका दिनानाथ शर्मा र गणेश साह सचिव भएका छन् । उनीहरुसँगै चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की पनि सचिव भएका छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार