logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

अनेरास्ववियुका नेता रोकाय अखिल (क्रान्तिकारी)मा प्रवेश


  • राजनीति
  • सोमबार, भाद्र १३ २०७९

नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक काठमाडौँमा सम्पन्न भएको छ । बैठककै क्रममा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु स्थायी समिति सदस्य गणेश रोकाय अखिल क्रान्तिकारीमा ध्रुवीकृत भएका छन् ।

नवप्रवेशी रोकायलाई नेकपा (बहुमत) केन्द्रीय सचिवालय सदस्य एवम् विद्यार्थी फ्याक्सन इन्चार्ज पूर्णबहादुर सिंह, अखिल क्रान्तिकारीका अध्यक्ष मिलन राई र सङ्गठनका पदाधिकारीले माला र अबिर लगाएर सङ्गठनमा स्वागत गरेका थिए ।

बैठकमा नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कंचन’ प्रवक्ता हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले प्रशिक्षण दिएका थिए भने कार्यालय सदस्य दिपक चलाउनेको उपस्तिथि रहेको थियो । बैठक क्रान्तिकारीका अध्यक्ष मिलन राईको अध्यक्षता तथा नेकपा (बहुमत) केन्द्रीय सचिवालय सदस्य एवम् विद्यार्थी फ्याक्सन इन्चार्ज पूर्णबहादुर सिंहको बिशेष उपस्तिथिमा सम्पन्न भएको हो ।

बैठकमा मुलुकको शैक्षिक विकृति, विसङ्गति, अराजकताका साथै समसामयिक शैक्षिक–राजनीतिक विषयमा छलफल भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार