राजनीति
नेकपा (बहुमत) निकट बिद्यार्थी सगठन अखिल (क्रान्तिकारी) का नेता रमेश सुनार र राजन राई रिहा भएकाछन । आज दिउसो मात्र गिरफ्तार भएका नेताहरु भर्खरै रिहा भएको क्रान्तिकारीले जनाएको छ । रिहाइ भएका नेताहरुलाइ क्रान्तिकारीका अध्यक्ष मिलन राईले स्वागत र सम्मान गरेकाछन । नोबेल एकेडेमी बानेश्वरमा कक्षा १२ मा अध्ययनरत छात्रा माथि त्यस विद्यालयका शिक्षकद्वारा दुर्व्यव्यहार गरेको घटना पछि अखिल क्रान्तिकारीमा विद्यार्थीको उजुरी आएपछि घटना बारे बुझ्न जादा प्रहरीद्वारा हस्तक्षेप गरि संगठनका केन्द्रीय सचिवालय सदस्य रमेश सुनार र केन्द्रिय सदस्य राजन राईलाई प्रहरीले गिरफ्तार गरेको भन्दै अखिल क्रान्तिकारीले आक्रोश व्यक्त गरेको थियो । गिरफ्तारीपछी
आक्रोशित विद्यार्थीले कलेजमा तोडफोड समेत गरेका थिए ।