logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

भोलि विप्लवको भ्याली बन्द ! यस्तो छ कारण


  • राजनीति
  • शनिबार, असोज ६ २०७५

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टी प्रवक्ता प्रकाण्डलगायत गिरफ्तार सम्पूर्ण नेता कार्यकर्ताहरूको रिहाइका लागि दबाबस्वरूप असोज ७ गते उपत्यका बन्दको घोषणा गरेको छ ।

नेकपा उपत्यका विशेष ब्युरोले गिरफ्तारीमा परेका नेता–कार्यकर्ताहरूलाई यथाशीघ्र स–सम्मान रिहाइको उक्त बन्दको कार्यक्रम घोषणा गरेको जनाएको छ ।नेकपा उपत्यका विशेष ब्युरोका इन्चार्ज प्रज्वालले शुक्रबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्रवक्ता प्रकाण्डलगायत नेताहरूलाई पटक–पटक गिरफ्तारी गर्ने र जिल्ला–जिल्ला घुमाउने काम गरिरहेको घोर विरोध तथा भत्र्सना गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘ओली–प्रचण्ड सरकारले नेपाललाई यतिखेर अघोषित रूपमा युद्धग्रस्त क्षेत्र बनाइरहेका छन् । ओली सरकारद्वारा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता कमरेड प्रकाण्ड, पोलिटब्युरो सदस्यहरू कमरेड पद्म राई, शिलु, कमरेड जीवन्त, कमरेड गम्भीर, कमरेड ओमप्रकाश पुन, केन्द्रीय सदस्यहरू कमरेड दिपेश, कमरेड सुमन, कमरेड आजाद, कमरेड असल, कमरेड देवनाराण शाहलगायत सयौं राजनीतिकर्मीलाई विभिन्न झुट्टा मुद्दामा जेल तथा हिरासतमा राखिरहेको छ ।

यो सरकारले आफ्नै अदालतको आदेशको समेत घोर अवहेलना हुनेगरी हाम्रो पार्टीका प्रवक्तालगायत नेताहरूलाई पटक–पटक गिरफ्तारी गर्ने र जिल्ला–जिल्ला घुमाउने काम गरिरहेको छ । राज्यको यस किसिमको निरङ्कुशता तथा अराजकताको हामी घोर विरोध तथा भत्र्सना गर्दछौँ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार