logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

क्रान्तिकारीका महासचिव सहित दुई दर्जन गिरफ्तार


  • राजनीति
  • शुक्रबार, भाद्र ३१ २०७९

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का महासचिव रुपा बुढा मगर र नेकपा बहुमतका गुल्मी संयोजक चिराग र अखिल क्रान्तिकारी केन्द्रिय सदस्य पदम नेपाली सहितका दुई दर्जन बिद्यार्थी नेतालाइ प्रहरीले गिरफ्तार गरेको छ ।
अखिल क्रान्तिकारीको गुल्मी जिल्लाको सम्मेलन उद्घाटन गर्न पुगेका मगर सहितको टोलीलाइ प्रहरीले गिरफ्तार गरेको क्रान्तिकारी स्रोतले जनाएको छ । बिद्यार्थीको सम्मेलनमा प्रहरी हस्तक्षेप गर्नु निन्दनीय कार्य भएको भन्दै अखिल क्रान्तिकारीले भत्सर्ना गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार