राजनीति
नेत्र बिक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशन स्थगित भएको छ । सो पार्टीको भोलि असोज १ गते काठमाडौँमा उद्घाटन हुने भनिएर प्रचारप्रसार र आर्थिक सहयोग संकलन गरेको उक्त पार्टीले अकस्मात महाधिवेशन नहुने बताएको छ ।
उक्त पार्टीका प्रवक्ता खड्क बहादुर बिक ‘प्रकाण्ड’ ले आफ्नो पार्टी निकट अनलाइन मार्फत यो कुरा सार्वजनिक गरेकाछन । उनले महाधिवेशन स्थगित तत्कालको लागि स्थगित भएको बताएका छन ।