logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेकपा (बहुमत) सहित चार पार्टीले चुनाव बिरुद्ध आन्दोलन गर्ने !


  • राजनीति
  • मंगलबार, असोज ४ २०७९

नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मसाल विशेष महाधिवेशन आयोजक समिति र माओवादी कम्युनिस्ट पार्टी नेपालले संयुक्त रूपमा संसदीय निर्वाचन बहिष्कार/अवज्ञा गर्ने भएका छन् ।

असोज २ गते आइतबार बसेको चार पार्टीका नेताहरूको बैठकले यही ६ गते संयुक्त पत्रकार सम्मेलन गरी चुनाव बहिष्कार/अवज्ञा कार्यक्रम घोषणा गर्ने निर्णय गरेको जानकारी नेकपा (बहुमत) केन्द्रीय कार्यालय स्रोतले दिएको छ । बैठकले चारवटै कम्युनिस्ट पार्टीबीच एकताका लागि पहल गर्ने निर्णय पनि गरेको छ ।

२ गते बसेको चार पार्टीका नेताहरूको बैठकमा नेकपा (बहुमत) का प्रवक्ता सुदर्शन, कार्यालय सचिव गुणराज लोहनी, नेकपा (क्रान्तिकारी माओवादी) का कावा महासचिव सीपी गजुरेल, रामसिंह श्रीस, चन्द्रहरि सुवेदी, नेकपा मसाल विशेष महाधिवेशन आयोजक समितिका चिन्तामणि पौडेल, ओमबहादुर केसी र माओवादी कम्युनिस्ट पार्टीका रामनारायण पाल तथा लोकेन्द्रराज थापाको उपस्थिति थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार