logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राणाको सुरक्षा खोसेर कार्कीलाई, सेनाको असन्तुष्टि


  • राजनीति
  • मंगलबार, असोज ४ २०७९

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सुरक्षा खोसेर सरकारले कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई दिएको छ।

शनिबार संसदको कार्यकाल सकिएसँगै आफूमाथि लागेको महाअभियोग स्वतः निष्क्रिय भएको दाबी गर्दै राणा सर्वोच्च फर्किने तयारीमा थिए।

राणा सर्वोच्च फर्किने तयारीमा लागेपछि उनलाई सरकारले सरकारी निवासमै नजर बन्दमा राखेको छ। आइतबार नै राणालाई पदीय हैसियतमा दिँदै आएको सुरक्षाकर्मी र अरु सुविधा पनि खोसेको थियो।

स्रोतका राणाबाट खोसिएको सुविधा सरकारले कामय मुकाय प्रधानन्यायाधीश कार्कीलाई दिएको हो। सुरक्षामा खटिँदै आएका पिएसओ तथा अरु सुरक्षाकर्मी कार्कीका लागि आइतबारदेखि नै खटिन थालेका छन्।

नेपाली सेनाको तर्फबाट प्रधानन्यायाधीशाक लागि गएका सुरक्षाकर्मीलाई पनि सरकारले सैनिक मुख्यालयलाई जानकारी नै नदिइ कार्कीकोमा ट्रान्सफर गरेको छ।

पदीय हैसियतमा उपलब्ध गराएको सुरक्षा जानकारी विनै एक ठाउँबाट अर्कोमा पु¥याएको भन्दै सैनिक मुख्यालयले असन्तुष्टि जनाएको छ।

स्रोत   देशसञ्चारबाट https://deshsanchar.com/2022/09/20/708619/

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार