logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

५० दिन पछि प्रकाण्ड रिहा , सिंहदरवार अगाडी आदेश देउ विप्लव दाइ भन्ने नारा लाग्यो


  • राजनीति
  • मंगलबार, असोज ९ २०७५

 

गत साउन २२ गते काठमाडौ वाट गिरफ्तार परी हिरासतमा रहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी प्रवक्ता खड्ग बहादुर बिश्वकरर्मा ‘प्रकाण्ड’ रिहा भएका छन । ५० दिन लामो हिरासत बसाइ पछि उनि आज सर्वोच्चको आदेशमा रिहाइ भएका हुन ।

उनि रिहा भए लगतै सयौं संख्यामा उपस्थित नेकपाका कार्यकर्ताले चर्का नारावाजी समेत गरेका छन । पटक पटक अदालतले रिहा गर्न आदेश दिएको भएता पनि उनलाइ काठमाडौ , काभ्रे ,नुवाकोट, भोजपुर, दाङ्ग र उदयपुर जिल्लाका हिरासतमा राखेको थियो ।

प्रकाण्डको गिरफ्तारी पछि सवत्र बाट आलोचित भएको सरकारले उनको गिरफ्तारीको खास तर्क पेश गर्न सकेको थिएन ।

न्यायाधीश अनिल कुमार सिन्हा र टेक बहादुर मोक्तानको संयुक्त इजलासले प्रकाण्डलाइ रिहा गर्न आदेश दिएको हो ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार