logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

केपी प्रचण्ड समुह उत्तर साम्राज्यवादका भदौरे च्याउ हुन : खड्ग बहादुर बिश्वकर्मा ‘प्रकाण्ड’


  • राजनीति
  • बुधबार, असोज १० २०७५

विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्ग बहादुर बिश्वकर्मा ले केपि र प्रचण्ड लाइ उत्तर साम्राज्यवादले रातारात फलाएको भदौरे च्याउ भएको बताएकाछन । गत साउन २२ गते काठमाडौ वाट गिरफ्तार परी हिरासतमा रहेका  ‘प्रकाण्ड’ रिहा भए पछी माइतिघर मन्डला बाट सम्बोधन गर्दै उक्त भनाइ राखेका हुन । ५० दिन लामो हिरासत बसाइ पछि उनि आज सर्वोच्चको आदेशमा रिहाइ भएका उनि सरकार प्रती आक्रोसित हुदै आगामी मोर्चा बाट बदला लिएरै छोड्ने बताएका छन।

उनले आफ्नो पार्टी सत्तारुढ दल नेकपालाइ राजनीति बैचारिक प्रतिस्पर्धा गर्न चुनौती दिदै भने ‘नेता कार्यकर्ता थुनेर होइन सक्छौ भने जनताको बिचमा प्रतिस्पर्धा गर्न तयार भएर आउ होइन भने तिमिहरु सकिने निश्चित छ ।’

उनि रिहा भए लगतै सयौं संख्यामा उपस्थित नेकपाका कार्यकर्ताले चर्का नारावाजी समेत गरेका छन । पटक पटक अदालतले रिहा गर्न आदेश दिएको भएता पनि उनलाइ काठमाडौ , काभ्रे ,नुवाकोट, भोजपुर, दाङ्ग र उदयपुर जिल्लाका हिरासतमा राखेको थियो ।

प्रकाण्डको गिरफ्तारी पछि सवत्र बाट आलोचित भएको सरकारले उनको गिरफ्तारीको खास तर्क पेश गर्न सकेको थिएन ।

न्यायाधीश अनिल कुमार सिन्हा र टेक बहादुर मोक्तानको संयुक्त इजलासले प्रकाण्डलाइ रिहा गर्न आदेश दिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार