logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

‘नेकपा समाजवादी केन्द्र’ बनाउने जनार्दनकाे खुलासा


  • राजनीति
  • मंगलबार, कार्तिक १५ २०७९

सत्तारूढ दल नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले चुनावपछि माधव नेपाल, बाबुराम भट्टराई  सहित आफ्नो दल एक हुने बताएका छन ।

एक अनलाइनसंगकाे संम्क्षिप्त अन्तरवार्ता दिदै नेता शर्माले उक्त कुराकाे खुलासा गरेका हुन् । बाबुराम माधव नेपालकाे नेकपा सहित नेकपा समाजवादी केन्द्र बन्ने कुरापनि व्यापक आइरहेकाे छ याे हल्ला मात्रै हाे कि के हाे ? भन्ने पत्रकारको जवाफमा उनले भनेका छन्
एक खालको प्रारम्भिक सहमतिचाहिँ भएको छ । बाबुरामसँग मैले नै वार्ता गरेको हो । उहाँले कम्युनिस्ट पार्टी हुँदैन, अरु पार्टी बनाउँ भन्ने कुरा गर्नुहुन्थ्यो, त्यसो हुँदैन भनेर मैले नै नमानेको हो ।

उहाँलाई कम्युनिस्ट पार्टीमा आउनुस्, नेपालको सन्दर्भमा कम्युनिस्ट पार्टीको महत्त्व छ बरु त्यसलाई कुन रुपमा अगाडि बढाउन सकिन्छ, सल्लाह गरौं भन्ने कुरा भएको हो नै । यसको निचोड पनि चुनावपछि नै हुन्छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार