logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लवका दाइ बिरजङ्गकाे मृत्युबारे बन्याे छानवीन समिति, सहिद परिवारका मागबारे नेकपा माैन


  • राजनीति
  • मंगलबार, कार्तिक १५ २०७९

पार्टी विभाजनलाई स्विकार गर्दै स्थानीय चुनावमा भाग लिएकाे नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भने विथोल्ने निर्णय गरेको छ ।

नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको ४ कात्तिकमा बसेको दोस्रो बैठकले चुनाव खारेज गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले जानकारी दिए ।

चुनाव खारेज अभियान अन्तर्गत देशव्यापी रुपमा भण्डाफोर र प्रचार अभियान चलाउने निर्णय भएको मंगलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्ताे बताएका हुन।

वैठकले विप्लवका दाजु वीरजंगको मृत्युबारे अध्ययन गर्न पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

स्मरण रहाेस २०७६ साल जेठ १२ गते विप्लव नेकपाले नेपाल बन्द काे आयाेजना गरेकाे बन्द सफल पार्न भन्दै जेठ १२ गते काठमाडौंमा दर्जनबढी नेता कार्यकर्ताकाे ज्यान गएकाे थियाे यस क्रममा क्रममा अखिल क्रान्तिकारी का केन्द्रीय सदस्य प्रज्जवल शाही सहित महान, दिपेन्द्र, निरन्तर र रामकुमारकाे कलिलाे उमेर मै ज्यान गयाे ।

तत्कालीन नेकपा माथि प्रतिवन्ध लागेकाेले उक्त घटनाबारे उनका परिवारहरु माैन रहे घर प्रतिबन्ध फुकुवा भइसकेपछि उक्त बिस्पाेटका घटनाबारे पिडितका परिवारहरुले विप्लवसंग निस्पक्ष छानविवनकाे लागि लिखित तथा माैखिक माग गरे भने यता प्रतिवन्ध कै बिचमा विप्लवका सर्लाही इन्चार्ज पौडेलको २०७६ असार ३ गते लालबन्दी नगरपालिका-१ लखनदेवीस्थित जंगलमा शंकास्पद हत्या भएको थियो पाैडेलका परिवारले पनि कुमार हत्याकाण्डकाे स्वतन्त्र र निश्पक्ष छानवीन गर्न माग गरिरहेकाे छन् ।

तत्कालीन महासचिव विप्लवले भने काठमाडौं श्रृङखलाबद्ध बम बिस्पाेट पश्चात् विज्ञप्ति जारी गर्दै घटना बारे छानबिन गरि सत्यतथ्य सार्वजनिक गर्ने वचन दिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार